आजको राशिफल / वि.सं. २०७५ श्रावण ०७ गते सोमबार

वि.सं. २०७५ श्रावण ०७ गते सोमबार तदनुसार ई. सं. २०१८ जुलाई २३ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (दिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२२ बजे र सूर्यास्त : साँझ ०६:५७ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०६:४७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२७ बजे र सूर्यास्त : साँझ ०७:०३ बजे, आषाढ शुक्लपक्षको एकादशी तिथि, साँझ ०६:२० बजेसम्म, त्यसपछि द्वादशी तिथि, अनुराधा नक्षत्र, दिउँसो ०३:४२ बजेसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), शुक्ल योग, दिउँसो ११:०४ बजेसम्म, त्यसपछि ब्रह्म योग, वणिज करण, साँझ ०६:२० बजेसम्म त्यसपछि विष्टि (भद्रा) करण, आनन्दादि योग : मानस, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : आग्नेय, वारशूल : पूर्व, आजको चाडपर्व र उत्सव : हरिशयनी एकादशी व्रत, तुलसी रोप्ने दिन, चतुर्मास व्रत सुरु, आजको मूहुर्त : गृहारम्भ (घरको जग राख्ने), वास्तुमुहूर्त, घर छाउने÷ढलान गर्ने, डेरा सर्ने, पुराणश्रवण, दीक्षाग्रहण, कलशचक्र,

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : तुलसी पिय भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, ०९ गते : बुध प्रदोष व्रत, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), पुराणश्रवण, कलशचक्र,  १० गते : मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आजको प्रयत्न निष्फल जस्तै होला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिने छ । विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सङ्कटाभगवत्यैै नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कामका लागि अनुकूल समय छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ । सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ । आजका लागि शुभअङ्क २ र छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

व्यावसायिक यात्राको सम्भावना छ । मनग्ये आम्दानी हुनेछ । विभिन्न भौतिक साधन जुट्न सक्छन् । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला । प्रेमी÷प्रेमिकाका बीचमा सुमधुरता र सामीप्यता प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ ।  आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । आमा वा घरकी बृद्ध स्त्रीको स्वास्थ्यमा समस्या देखिन सक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

अरूको विषयमा चासो राख्दा वादविवाद हुनसक्छ । धैर्यसाथ गरिएको कामबाट फाइदा हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । बोलीमा मिठास र चाकरीको व्यवहार देखाउनु पर्छ । सहयोगीहरूले आशा गरेअनुरूप साथ दिन सक्दैनन् । मिहिनेत गरेबमोजिमको फाइदा लिन सकिंदैन । काममा बिलम्ब हुने लक्षण छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धनप्रदाय कुबेराय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको गाँठो कसिएला । कामबाट पनि फुर्सद पाइनेछ । प्रशंसकहरू बढ्नेछन् । आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । होसियारीसाथ काम लिनुपर्ने समय छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा पहेंलो बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सोचेका काममा बिलम्ब हुनेछ । पारिवारिक समस्यामा ध्यान दिनु पर्नेछ । आम्दानीका मार्गमा अवरोध आउने छ । व्यावसायिक काममा समय दिन सकिंदैन । साझेदारी र सट्टापट्टामा बेफाइदा हुने भएकाले सतर्क रहनु पर्छ । प्रेमसम्बन्ध निरस हुनेछ । तर आत्मविश्वासका साथमा काम गरेमा केही महत्त्वपूर्ण उपलब्धीसमेत प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् । शत्रुहरू किनारा लाग्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिने छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । रोकिएका काम बन्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

मिश्रित प्रभाव भएको दिन छ । काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ । फाइदा कममात्र हुनेछ । आफ्ना कामजोरीमाथि टिप्पणी हुनसक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्  । अरूका काममा श्रम तथा बुद्धि खर्चनु पर्ला । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । कमजोरीले चिन्ता बढाउन सक्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

Purbeli TV

ज्योर्तिबिद तथा बास्तुविद कोइराला पिण्डेश्वर बिद्यापिठ धरानमा सहप्राध्यापक हुनुहुन्छ । उहाँ पूर्वेली न्जुजका स्तम्भकार समेत हुनुहुन्छ ।

कृष्ण प्रसाद काेइरालाबाट थप

आजको राशिफल / वि.सं. २०७५ आश्विन ३१ गते बुधबार

आजको राशिफल / वि.सं. २०७५ आश्विन ३० गते मङ्गलबार

आजको राशिफल / वि.सं. २०७५ आश्विन २९ गते सोमबार

आजको राशिफल / वि.सं. २०७५ आश्विन २८ गते आइतबार

आजको राशिफल / वि.सं. २०७५ आश्विन २६ गते शुक्रबार

आजको राशिफल / वि.सं. २०७५ आश्विन २५ गते बिहीबार

आजको राशिफल / वि.सं. २०७५ आश्विन २३ गते मङ्गलबार

आजको राशिफल / वि.सं. २०७५ आश्विन २१ गते आइतबार

आजको राशिफल / वि.सं. २०७५ आश्विन २० गते शनिबार

अाजकाे राशिफल / वि.सं. २०७५ आश्विन १९ गते शुक्रबार

तपाईको प्रतिक्रिया