झापाको बिएण्डसी हस्पिटल अगाडी महिलाहरूकाे प्रदर्शन (भिडियाे)

झापा / झापाको बिर्तामोडमा सञ्चालित बिएण्डसी हस्पिटलमा नेपाल महिला संघ झापाका कार्यकर्ताले आइतबार कालो झण्डा गाडेका छन् ।एमबीबीएस पढ्न बंगलादेश जाने विद्यार्थीका बिषयमा सार्वजनिक रुपमा हस्पिटलका सञ्चालक दुर्गा प्रसाईले दिएको अभिव्यक्तिप्रति खेद जनाउदै महिलाहरुले विरोध गरेका हुन् । प्रर्दशनमा उत्रिएका महिलाहरुले हस्पिटलको प्रवेशद्वारामा कालो झण्डा समेत गाडेका थिए । उनीहरुले नेपाली नारीको अस्मितामा आँच आउने गरी प्रसाईले तथ्यहीन कुराहरु बोलेको भन्दै कारबाही गर्न सरकार समक्ष माग समेत गरेका छन् ।

महिला संघले आजै झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापनपत्र बुझाउदै प्रसाईलाई कडा भन्दा कडा कारवाही गर्न सरकारसँग माग गरेका छन् । प्रसाईलाई कारवाही नभए कडा आन्दोलनमा जाने नेपाल महिला संघ झापाकी सभापति सुशिला ढकालले बताइन् । प्रसाईले केही महिना अघि आफ्नै हस्पिटलमा आयोजित पत्रकार सम्मेलनमा बंगलादेशमा डाक्टर पढ्न गएका नेपाली केटीहरु ९ वर्षसम्म बस्ने र त्यहाँ उनीहरुको प्रोफेसरहरुबाट अस्मिता लुटिने विवादस्पद अभिव्यक्ति दिएका थिए ।

यस सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले बिएण्डसी अस्पताल बिर्तामोडका सञ्चालक दुर्गा प्रसाई बिरुद्ध प्रहरीमा उजुरी दिनुपर्ने समेत बताईसकेकी छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया