बिहिवारको साटो शनिबार बजार बन्द गर्नुपर्ने इटहरीका व्यवसायीको माग

इटहरी । उघोग बाणिज्य संघ इटहरीले प्रत्येक साताको बिहिबार बजार बन्द गराउने गर्छ । साताको एक दिन व्यवसाय गर्नेहरुलाई आरामको अबश्कता महसुस गरेर देशभर व्यवसायीको छाता संगठन उवासंघले यो नियम बनाएको हो ।

तर इटहरीमा बिहिबार साप्ताहिक बजार बन्द हुदै आएको नियमलाई शनिबार सार्नु पर्ने आवाज उठ्न थालेको छ । यहाँका व्यवसायीहरुले शनिबार बजार बन्द गराउदा उपयुक्त हुने माग र अवाज उठाउन थालेका हुन् । २०६४ मा तत्कालिन उवासंघ इटहरीका अध्यक्ष टंक दुलालको कार्यकालमा बिहिबार या शनिबारको बिषयमा ईलेक्शन नै गरिएको थियो ।

त्यस समय पनि शनिबार साप्ताहिक बजार बन्द गराउने पक्ष विजयी भएको थियो । तर इटहरी आसपास पर्ने ठाँउका स्थानियहरुलाई बजार भर्न असहज हुने व्यवहारिक कारण देखाउदै पछि फेरी छलफल गर्ने शर्तमा बिहिबारलाई नै सहमति गरिइएको थियो । तर अहिले इटहरीका व्यवसायीहरु शनिबारलाई बजार बन्द गराउनु पर्ने मागको आवाज उठाउन थालेका छन् ।

पहिलेको भन्दा व्यापार घटेको र सामान खरिद गर्न स्थानिय बजार भन्दा सुपर मार्केट तर्फ ग्राहक अकर्षीत हुन थालेको कारण शनिबारलाई साप्ताहिक बजार बन्द गराउनु पर्ने व्यवसायीको साझा तर्क छ ।

बस्तुगत व्यवसायमा पर्ने हार्डवेयर, ग्रिल, मोटर्स पार्टस, फर्निचर, मोबाईल आदी व्यवसायहरु शनिबारको पक्षमा छन भने रेडिमेड र मनिहारी व्यवसायी बिहिबारको पक्षमा छन् ।

प्राय उवासंघ भित्र रहेको १३ वटा संघ मध्ये आधा बढी शनिबार बजार बन्दको पक्षमा २०६५ देखिनै उभिएका हुन । उवासंघका सदस्य एवम बस्तुगत संघका अध्यक्ष रन्जु सिग्देलले बिहिबार र शनिबारको बिषयमा पहिलेदेखि नै डिस्कसनको बिषय भएकाले यसमा व्यवहारिक पक्ष हेर्नु पर्ने बताईन । शनिबार बिराटनगर, तरहरा, पकली आदीका बजारहरु शनिबारकै दिन यता पनि बन्द हुदा मान्छे मरिमराउ पर्दा काक्रो किन्ने ठाँउ नपाउदा स्थानियलाई सास्ती हुने उनको तर्क छ ।

उवासंघ एवम बस्तुगत संघका सदस्य सन्तोष आचार्य शनिबार साप्ताहिक बजार बन्द गराउदा उपयुक्त हुने बताउछन् । ‘धेरै पहिलेदेखि यो बिषय उठेको हो,’ उनले भने ‘सबै साथीहरुको राय र मन मिल्यो भने शनिबार बन्द ठिक हुन्छ’ । उवासंघको बैठकमा समेत पटकपटक सवाल उठेको बताउदै बस्नेतले सबै कार्यसमिति भेला भएको अबस्थामा यो बिषयमा आफुले उठान गर्ने बताए ।

हार्डवेयर, प्लाई तथा सेनेटरी संघ इटहरीका कोषाध्यक्ष मुक्तिनाथ दाहालका अनुसार शनिबार प्राय मोर्टर्स पार्टस्, फर्निचर तथा काठ मिल्स, ग्यारेज, ग्रिल आदीका व्यवसायी बन्द हुने गर्छन । ‘आधा जस्तो व्यवसाय शनिबार बन्द हुने गर्छ,’ उनले भने ‘बजारमा एकरुपता ल्याउन शनिबार साप्ताहिक बजार बन्द गराउदा सजिलो हुने थियो । ‘बिहिबार बैंकको कामले फुर्सद मिल्दैन परिवार र छोराछोरीलाई समय दिन पाइदैन त्यस कारण सबै कुराको समाधान शनिबार हुने’ दाहालको भनाई छ ।

दाहाल भन्छन्ः उवासंघको ईलेक्शनमा पनि शनिबारले नै जितेको हो, अब समग्र व्यवसायीको मार्का उवासंघले बुझ्न जरुरी छ । उवासंघ इटहरीका सल्लाहकार ईश्वर भट्टराईको पनि शनिबार बजार बन्द गराउदा सहि हुने बुझाई छ । आफुले पनि शनिबारको पक्षमा भोट हालेको बताउदै त्यो समयमा बजार भर्न बुधबारे हटिया र होलसेल सामान खरिदको लागी बजार आउने ग्राहकलाई बिहिबार बजार बन्द गर्दा आराम मिल्ने हेतुले तत्कालिन निर्णय गरिएको उनले बताए ।

‘शनिबार नै बजार बन्द गर्नुपर्ने हो,’ उनले भने ‘दुईचार ठाँउ कुरा पनि उठेकाले इटहरीको लागी यो अति जरुरी पनि छ’ । भट्टराईका अनुसार १५ बर्ष अघि कृष्ण खनाल अध्यक्ष हुदादेखि शनिबारको पक्षमा आफुले आवाज उठाएको बताए ।‘मुलत पहिलेको जस्तो व्यवसाय छैन, समग्र सबै कुरा मध्यनजर गरेर अनिवार्य शनिबार बन्द गरेर बिहिबार खुल्नु पर्ने हुन्छ’, उनले भने ।

यता उवासंघ इटहरीका पूर्व महासचिव एवम सदस्य दिवस पोखरेल भन्छन् टंक दुलालको कार्यकालमा यो बिषय ‘ब्यालेट’मा राखिएको थियो । जसमा शनिबारको पक्षमा बहुमत आएको थियो । त्यपछिका अध्यक्षहरुले यसलाई कार्यन्वन गर्ने पक्षमा चासो नदेखाएको हो ।

‘इटहरीमा अहिले धेरै जसो व्यवसायी शनिबारको पक्षमा छन्,’ पोखरेलले भने ‘बिहिबार पनि अधिकाशं पसल खुल्छन, त्यसलाई टाईट गर्न सकिएको छैन । उवासंघले बिहिबारलाई नै अंकुश लगाउन सकेको छैन र शनिबार नै जाउ भन्दा निर्णय गर्न पनि सकेको छैन’ । पोखरेलका अनुसार प्रभावकारी शनिबार हुने भएकाले उवासंघले बस्तुगत संघलाई लिएर निर्णय गर्नुपर्ने बताए ।

उवासंघका पूर्व इटहरी एवम क्षेत्रीय अध्यक्ष टंक दुलालले आफ्नो कार्यकालमा शनिबार र बिहिबारको पक्षमा ईलेक्शन भएपनि इटहरी आसपासका बजारलाई हेर्नु पर्ने र केही व्यवसायीको बिरोधले बिहिबारलाई साप्ताहिक बजार बन्द गराउनु परेको बताए । अहिले व्यवसायीहरुले शनिबारको माग गर्दा सबैको समस्या बुझेर न्यायोचित निर्णय गर्नुपर्ने दुलालको भनाई छ ।

साथै इटहरीका व्यवसायी हेम घिमिरे मेशिनरी, हार्डवेर, ग्यारेज, काठ उघोग जस्ता व्यवसायीलाई शनिबार साप्ताहिक बिदा राख्दा धेरै सहज हुने बताउछन् । टंक दुलालको कार्यकालमा आफुले पनि शनिबारको पक्षमा उभिएर कुरा उठाएको बताउदै रेडिमेड वाहेक सबै व्यवसायीलाई शनिबार उपयुक्त हुने बताए ।

तर इटहरीका रेडिमेड तथा मनिहारी आदी व्यवसायी शनिबार सार्वजनिक बिदाको समयमा व्यवसाय राम्रो चल्ने गरेको बताउछन् । रेडिमेड व्यवसायी संघ इटहरीका अध्यक्ष गायत्री कटुवाल भण्डारी साप्ताहिक बजार बन्द गराउने बिषयमा व्यवसायी बिच नै मत बिभाजन हुने गरेको बताईन । ‘सबैको माग र समस्या एकै हुदैनन,’ उनले भनिन् ‘शनिबारको समयमा बालबच्चा तथा परिवार किनमेलमा बढी आउने गर्छन’ ।

बषौंदेखि चलिआएको पुरानो नियम बदल्दा ग्राहकवर्गमा असर पुग्न सक्छ, बिशेष चौक आसपासका पसल शनिबार चल्ने भएकाले अहिले कै तालिका ठिक हुने भण्डारी बताउछिन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया