रामधुनिलाई देशकै उत्कृष्ट बनाउन सहयोग गर्छु – राज्य मन्त्री चौधरी

सुनसरी । कृषि ,भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्री राम कुमारी चौधरीले रामधुनी नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिका बनाउन संघिय सरकार बाट हुने हरेक सहयोग गर्ने बताएकी छिन् । रामधुनी नगरको आर्थिक बर्ष २०७५/०७६ को बजेट नीति ,कार्यक्रम सार्वजनिक कार्यक्रमलाई उदघाटन गर्दै उनले यस्तो बताएकी हुन ।

बजेट राम्रो तर समयमै कार्यन्वयन गर्नु पर्ने उनको भनाई छ । परम्परागत असारे बजेट खर्चगर्ने पुरानो शैली त्यागे छिटैनै जनताले अनुभुती गर्न सकने गरि काम हुनसकिने मन्त्री चौधरीले बताइन् ।

एेतिहासिक रामधुनी मन्दिर रामधुनि नगर भित्रै रहेकोले धार्मिक पर्यटनको बिकास गरेर राज्सवमा वृद्धि तथा यहाका युवाहरुलाइ स्वरोजगार बनाउन सकिने बताइन ।  नगरमा पर्याप्त मात्रामा कृषि योग्य जमिन भएकोले कृषि उत्पादनमा जोड दिनु पर्ने उनको भनाई छ । बितेको आर्थिक बर्षमा स्थानीय तहहरुले कृषिको बजेट अन्य क्षेत्रमा खर्च गरेकोले किसान मारमा परेकोले यस पटक देखि तेसतो खर्च गर्न सम्भव नरहेको राज्य मन्त्री चौधरीले बताइन् ।

बजेट नीति ,कार्यक्रम उपमेयर सबिना चौधरीले सार्वजनिक गरेकी थिइन् । कार्यक्रमको अध्यक्षता मेयर जय प्रकाश चौधरीले गरेको थियो । १ नं.प्रदेश उपसभामुख सरस्वती पोखरेल ,प्रदेश सांसद सर्वध्वज सावा,पुर्व सांसद धर्म निरौलाको समेत उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया