“सेफ जोन” मा तस्करलाई प्रहरीकै संरक्षण

इनरुवा । जिल्लामा विगतको तुलनामा अधिक संख्यामा विशेष प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा प्रहरीका उच्चपदस्त अधिकारीले आफ्नो निजी विशेष प्रहरी परिचालन गरेसँगै जिल्लामा घुमुवा प्रहरी र सुरक्षाकर्मीको आतंक सृजना भएको हो । दर्जनौं विशेष प्रहरी परिचालन गरिए पनि तस्करीको कार्यमा नियंत्रण हुन सकेको छैन ।

खुल्ला नाका भएकोले दक्षिणवर्ती तर्फको विभिन्न नाका भएर दिनहुँ तस्करीको कार्य तीव्र रुपमा हुँदै आएको सीमावर्ती क्षेत्रका स्थानीयहरुले बताएका छन् । तस्करीको रुपैयाँ असुली गर्न सीमावर्ती क्षेत्रहरूमा छ्यापछ्याप्ती रुपमा जून ठाउँमा गए त्यों ठाउँमा सिभिल प्रहरी भेटिने गरेको स्थानीयहरुले टिप्पणी गरिरहेका छन् । अपराधिक क्रियाकलाप जस्तै चोरी, हत्या, बलात्कार, संगठित अपराधमा संलग्न अपराधीहरुलाई नियन्त्रण गर्नका लागि विशेष परिस्थतिमा बिना वर्दीको प्रहरी सुराक दिनलाई प्रयोग गर्न सकिने व्यवस्था भए पनि ठीक विपरीत कार्यका लागि सुनसरीको सीमा क्षेत्रमा नेपाल प्रहरी र केही घुमुवा प्रहरी परिचालन भएको देखिन्छ ।

गम्भीर प्रकृतिका अपराध गरी फरार भएका व्यक्तिलाई पक्राउ गर्न नसकेका विशेष र सुरक्षाकर्मीले सर्वसाधारणहरु आफ्नो जीविकोपार्जनको लागि भारतबाट सामान खरीद गरी ल्याउँदा नियन्त्रणमा लिई कमीशन लिने गरेको सुनसरी सीमावर्ती क्षेत्रका स्थानीयहरुको आरोप रहेको छ । अपराध नियन्त्रण गर्नका लागि परिचालन गरिएको विशेष प्रहरीहरु मोटरसाइकलमा जाने तथा रकम कलेक्शन गर्ने कार्य गरिरहेको समाचार स्रोतले जनाएको छ ।

कमिशन दिए भने अवस्था सामान्य नदिए भने त्यसको भोली पटक सामान पक्राउ गरी भन्सार बुझाउने कार्य महिनाको एक देखि तीन पटक मातहतको अधिकृतबाट प्रशंसाको पात्र बन्नका लागि सूक्षम सडयंत्र सीमावर्ती क्षेत्रका प्रहरी प्रमुखहरुले गरिरहेका छन । सिमानामा भएका प्रहरीले के गर्दैछ ? के तिनीहरुले तस्करी भएको हेर्दैनन ? हेरे भने तत्कालै किन समातिएन ? दोषी को ? भन्ने खालका प्रश्न सुनसरीको प्रहरी प्रमुख ,स्थानीय प्रसासन प्रमुखले सीमा क्षेत्रका प्रहरी प्रमुखहरु संग सोध्नुपर्ने अवस्था आएको छ । अन्यथा भारतसंग सीमा जोडिएको सीमावर्ती क्षेत्रहरू बाट अवैध रूपमा भन्सार छली हुने गरेको तस्करी नियन्त्रणमा अहिले चासो र गम्भीर भएनन् भने राजस्व असुलीमा थप कमि आउने अनुमान गर्न सकिन्छ । यसैबीच सुनसरीको सीमावर्ती क्षेत्र भाणटावारीमा शान्तिसुरक्षा तथा अवैध रूपमा हुने तस्करी नियन्त्रणका लागि तैनाथ बिओपी भाणटावारी र  सीमा प्रहरी चौकीका सुरक्षाकर्मीहरु आफैं तस्करीमा लागेको स्थानीयहरुको गुनासो गरेका छन् ।

सुनसरीको सीमावर्ती क्षेत्र भाण्टावारी नाकाबाट चाइनिज स्वाउ,मदिरा भारततर्फ सिमामा तैनाथ सुरक्षाकर्मीको मिलेमतोमा तस्करी हुन्छ भने भारतीय बजार भिमनगर, बीरपुर, फुलकहा, बस्मतिया लगायत बजारबाट लत्ताकपडा, इलेक्ट्रोनिक सामान, रजनीगन्धा, लागूऔषध, भाडाकुडा, सहित लाखौं मुल्य बराबरको सामान प्रहरीकै संरक्षणमा दिनहुँ नेपाल भित्रिने गरेको श्रोत बताउँछन् । तस्करी लाई रोक्ने जिम्मेवारी पाएका सिमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमतोमा तस्करी फस्टाउदा लाखौंको राजस्व छली हुँदै आएको छ । गएको शनिबार सुनसरीको भाण्टावारी क्षेत्रबाट राजस्व छली ल्याइएका सामान पक्राउ गरी भन्सारमा बुझाउदा सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले एक प्रहरी जवान लाई सरुवा गरेका थिए । तस्करीको सामान पक्राउ गर्ने जवान लाई सरुवा गर्नुले जिल्लाको उच्च सुरक्षा अधिकारीकै संग्लतामा सुनसरीको सिमा क्षेत्रमा तस्करी बढेको आशन्का गर्न थालिएको छ ।

कोशी गाउँपालीका वार्ड नम्बर ८ का स्थानीयहरुले सिमा प्रहरी चौकी भाण्टावारीका प्रहरी नायब निरीक्षक दिपक पोखरेलले स्थानीयवासी लाई दु:ख दिएको र तस्कर लाई संरक्षण गरेको भन्दै गएको शुक्रबार बजार बन्द पनि गराएका थिए । पछि कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको रोहवरमा बजार खुलाइएको थियोे । दिउँसोको समय घरायसी प्रयोजनका लागि २ देखि ४ किलो सामान ल्याउदा समेत सिमा प्रहरी चौकीका इन्चार्ज दिपक पोखरेलले भन्सार बुझाउने गरेको र रातिको समयमा लाखौंको सामान तस्करी गर्न दिएर दोहोरो चरित्र देखाएकोले बजार बन्द गर्नुपर्ने अवस्था आएको स्थानीय नारायण देवले बताएका छन् ।

यता सुनसरीको सिमा क्षेत्रमा तस्करी बढेको भन्दै यसबारे सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीसंग प्रतिक्रिया लिन खोज्दा उनले प्रतिक्रिया दिन चाहेनन् ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

सुनसरीमा मोटरसाइकल चोरको बिगबिगी , ६ महिनामा ९१ मोटरसाइकल चोरी २५ जना चोर पक्राउ

मनमोहन कप : प्रदेश ७ द्वारा ५ नम्बर प्रदेश १ सय १८ रनले पराजित

भारतीय टोलि लाई हराउँदै प्रदेश नम्बर ५ विजयी

सहरसा संग ३ विकेटले पराजित हुँदै भाण्टावारी दोस्रो

फिदा हुसेन हत्या प्रकरण : हत्यामा संल्गन तीनजना सुनसरी प्रहरीद्वारा सार्वजनिक (तस्विर तथा भिडियाे सहित)

भिमनगर लाई ७४ रनले हराउँदै भाण्टावारी सेमिफाइनलमा

प्रथम मनमोहन कप : उद्घाटन खेलमा पुलिसद्वारा प्रदेश २ पराजित

तलबको पैसा बाट विद्यार्थी र एकल महिला लाई न्यानो कपडा

एसपी राजन अधिकारीले सुनसरीका प्रमुख जिल्ला अधिकारी उप्रेती लाई “बोल्ड” गरेपछि….

लागूऔषध सहित भारतीय युवक पक्राउ (तस्विरहरू सहित)

तपाईको प्रतिक्रिया