नेपाली चेली हेमानन्द गिरी बनिन् उत्तराखण्डको बद्रीकाश्रम ज्योतिर्पीठको शंकराचार्य

 

पथरी । करिब १२ सय बर्ष लामो ईतिहास मा बिश्वको प्रथम महिला शंकराचार्य नेपालकी चेलि हेमानन्द गिरी चयन भएकी छिन । उनी शंकराचार्य हुनेमा विश्वकौ पहिलो महिला हुन भने नेपालको प्रथम शंकराचार्य हुन । असार २६ अर्थात जुलाई १० तारिखमा वैदिक सनातन हिन्दुत्वको केन्द्र संस्थाहरु भारत धर्म महामण्डल एवं काशी विद्वत परिषद्ले प्रमाण पत्र र पत्रचार गरि जानकारी दिएको छ ।

शंकराचार्यमा पदमा चयन हुनु भएको माता हेमानन्द गिरीलाई छिटै उक्त संस्थाले नेपालको पशुपती परिसरमा बिभुशित गर्ने जानकारी आएको नव नियुक्त शंकराचार्य गिरीले जानकारी दिए । वैदिक सनातन हिन्दु धर्मको सर्वोच्च गुरुको इतिहास शंकराचार्यसंग जोडिएको छ । भारत उत्तराखण्डको बद्रीकाश्रम ज्योतिर्पीठको शंकराचार्य पदमा नेपाली चेली हेमानन्द गिरीलाई भारत धर्म महामण्डल एवं काशी विद्वत परिषद्ले छनौट गरेको छ । १२०० वर्षको इतिहासमा पहिलो पटक एक महिला साध्वी शंकराचार्य बनेकी हुन । उनी भारत उत्तराखण्ड बद्रीकाश्रम ज्योतिर्पीठको मतहतका सम्पुर्ण साधु सन्तहरुबाट छनोट भएर बताईएको छ । उनी शंकराचार्य भएको थाहा पाए पछी उहाँका घरमा साधु शन्तहरु आउने जानेको क्रम बढ्न थालेको छ ।

हिन्दु सनातन धर्मको रक्षा र साधु सन्तहरुको गुरुको गुरुमा नेपाली चेलि हुनुले नेपालकै पनि सान र गौरव बढ्दै गएको देखिन्छ । नेपालको इतिहासमा जुन बेला नेपालले महिला राष्टपति, महिला न्यायधी, महिला सभामुख पाएको थियो सोहि समयमा नेपालकी उनै चेलिले महामण्डलेश्वर पद पाउनु भएको थियो तर राजनितिले मात्र स्थान पाउने देश नेपालमा उनको चर्चा गुमनाममा रहयो ।
शंकराचार्य हेमानन्द गिरी माताको नेतृत्वमा हिन्दु सनातन धर्म, संस्कृति, परमपराले उच्च स्थाम पाउने विश्वास लिएको छ । यो पदवीले पुर्ण नेपाल र नेपालीहरु हिन्दु धर्मलम्वी हुन र हिन्दु धर्मको रक्ष हुनु पर्छ भन्ने भावना नेपालीहरुमा रहेको देखिएको छ । उज्जेनको महाकुम्भ मेलाबाट विश्वका २०० बढि ओजस्वी सन्त र ज्ञानीहरु मध्येबाट आदी गुरु शंकराचार्यको चौथो सूचीमा साध्वी श्री महामण्डलेश्वर हेमानन्द गिरी छनोट हुँदै भारतमा ठुलो चर्चा बनेको थियो । यस अघि शंकराचार्यकालागि महिला साध्वीहरुबाट आवेदन नै नपरेको शंकराचार्य हेमानन्द गिरीले बताईन । महिलको र नेपालको इतिहासमा यो पद पहिलो रहेको छ उनले बताईन ।

शंकराचार्य गिरी छ वर्षको कलिलो उमेर देखि धार्मिक निष्ठामा बसेर कार्यगर्दै आउनु भएको र १३ बर्षको उमेरमा मेचीमहाकाली पदैल यात्र गरिन ।
मठको निर्णय गर्ने साधूहरुको सर्वोच्च संस्था अखित भारतीय महामण्डलमा प्रस्तुत गरेको पत्रमा साध्वी हेमानन्द गिरीले उलेख गर्नु भएको थियो यो आधारमा उहाँलाई शंकराचार्यमा नियुक्ती गरिएको देखिन्छ । नेपालकी चेली नेपालबाट स्नातक तहको अध्ययन पूरा पनि गरेकी भएको छ भने “हेमानन्द गिरी महामण्डलेश्वर अर्थात धेरैवटा अखाडाको प्रमुख रहनु भएको छ । उनी पूर्वी नेपालको वैदिक सूर्य शिवालयमठ गौरीगञ्ज, झापाकी प्रमुख हुन् । हिमालयका गुफाहरुमा लामो समय सम्म बसेर तपस्या गर्नुभएकको हेमानन्द वेद र वेदान्तमा खारिएकी प्राज्ञको रुपमा प्रख्यात छिन ।“
माता ‘महामण्डलेश्वर हेमानन्द गिरी’ महाराज शंकराचार्यको पदकालागि अन्तिम चारजनाको छनौटमा परेको खबरले हिन्दूधर्माबलम्बीहरुको क्षेत्रमा सनसनी नै मच्चिएको छ ।

ईतिहार र बेदका अनुसार आठौं शताब्दिमा आदी शंकराले अध्यात्म अनि दर्शनका माध्यमले हजारौं कोशसम्म आदी वेदान्तको धार चलाएको र उनलाई भगवान शिवको पूर्नजन्म अनि वैदिक सनातन संस्कारका एक अध्यात्मिक योद्धाका रुपमा लिईन्थीयो । उनैले हिन्दु दर्शनकालागि चारवटा सर्वोच्च पदहरु सृजना गरेका हुन् जसमा १२०० वर्षदेखि पुरुष साधक अनि विद्वानहरुकै उपस्थिती रहेको थियो । शंकराचार्यको नियूक्ती वैदिक सनातन हिन्दुत्वको केन्द्र संस्थाहरु भारत धर्म महामण्डल एवं काशी विद्वत परिषद्ले गर्नेगर्दछ । भारत धर्म महामण्डलले आफ्नो संविधानका रुपमा आदीगुरु शंकराचार्यले लेखेको ’महानुशासन’ नामक ग्रन्थलाई लिएको छ । महिलाहरु डण्डी स्वामी हुन नपाउने तर शंक्राचार्य हुनकालागि डण्डी स्वामी हुन जरुरी भएकाले यस अघि महिला शंकराचार्यको बिषयमा केही विवाद पनि भएको हो । तर जे होस् वैदिक सनातन संस्कारको १२०० वर्षको इतिहासमा अब लोकले प्रथम महिला शंराचार्य पाएको छ भने त्यो पनि नेपालले पाएको छ ।

तपाईको प्रतिक्रिया