गोल्डेन बल मोड्रिचलाई, एम्बाप्पे उत्कृष्ट युवा खेलाडी

रुस विश्वकप २०१८ को उत्कृष्ट खेलाडी क्रोएसियाका कप्तान लुका मोड्रिचले जितेका छन् । त्यस्तै ६ गोल गरेका इंग्ल्यान्डका कप्तान ह्यारी केनले गोल्डेन बुट जित्न सफल भए । लुका मोड्रिचले निकै राम्रो कप्तानको भूमिका निभाउदै क्रोएसियालाइ फाइनल सम्म पुराएकोले गोल्डेन बल प्राप्त गर्न सफल भएका छन् । रसियाविरुद्धको उनको प्रदर्शन प्रशंसनीय रह्यो । उनले तीन खेलमा म्यान अफ दी म्याच अवार्ड जित्न पनि सफल भएका थिए । लुका मोड्रिचको उच्च प्रदसन र कप्तानीका कारण आज क्रोएसियाले बिश्वोकपको फाइनल खेल्न सफल भएको थियो र उनले यो प्रदसनलाइ क्रोएसियाका नागरिकले सधै सम्झीरहने छन् ।

तेस्तै ६ गोल गरेका इंग्ल्यान्डका कप्तान ह्यारी केनले गोल्डेन बुट जित्न सफल भएका छन् । राम्रो खेल प्रदसन गरे पनि फाइनल पुग्न असफल बनेको इंग्ल्यान्डका कप्तान ह्यारी केनले भने गोल्डेन बुट हात पर्दै औता सानो खुसि दिलाउन सफल भएका छन् । तेस्तै फ्रान्सका किलियन एम्बाप्पेले उत्कृष्ट युवा खेलाडीको उपाधि जिते भने बेल्जियमका गोलकिपर थिबो कोर्टुवाले प्रतियोगिताको उत्कृष्ट गोलकिपरको उपाधि जित्न सफल भए । फिफा फेयर प्ले ट्रफिको उपाधि भने स्पेनले हात पार्‍यो ।

Purbeli TV

तपाईको प्रतिक्रिया