झुम्का कारागारमा एक कैदीको शंकाष्पद मृत्यु (तस्विरहरू सहित)

सुनसरी । सुनसरी स्थित क्षेत्रिय कारागार झुम्कामा कैदी जिवन भोगिरहेका एक जनाको शंकाष्पद मृत्यु भएको भन्दै छानबिनको माग गरेका छन् । इटहरी १७ स्थित पकलीका ३१ बर्षिय पेम्बा शेर्पाको गए राती कारागारबाट गम्भीर अबस्थामा उपचारको लागी धरानस्थि विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । अस्पताल पुराउन साथ उनको मृत्यु भएको थियो । तर शेर्पाको शरिर भर निलडाम भेटिएपछि आफन्तजनले मृत्यु शंकाष्पद भएको भन्दै छानबिन गर्न माग गरेका हुन ।

मृतकको घाँटी, काखी, हात र टाँउकोमा निलडाम देखिन्छ । मृत्यु शंकाष्पद देखिएपछि आफन्तहरुले पोष्टमार्टम नगरी शव घर ल्याएका थिए । आफन्तजनले उनको हत्या कुटपिटबाट भएको दाबी गरेका छन् । घाँटी दबाइएको र काखी मुनी ३–४ ठाँउमा डाम रहेकाले कारागार भित्र कुटपिट भएको आफन्तहरुले बताएका छन् ।

आफन्तजनले शवको पूंन पोष्टमार्टम गर्ने बताएका छन् । घटनालाई कारागार व्यवस्थापन बिभागले ढाँकछोप गर्न खोजेको बताएका छन् । घटनाको बिषयमा झुम्का कारागारका निमित्त जेलर राजेन्द्र कार्कीले शेर्पा लागुऔषध र रक्सीको अत्याधिक सेवन गर्ने भएकाले लडेर मृत्यु भएको बताए । कारागार ल्याएपछि बेहोस हुने र जथाभाबी टाँउको ठोकाउने गर्ने गरेको उनले बताए । शुक्रबार राती ६ बजे लडेर उनको अवस्था गम्भीर भएपछि उपचारको लागी धरान पुराउदा मृत्यु भएको कार्कीको भनाई छ । शेर्पा लागुऔषध संम्बन्धि मुद्धामा कारागार चलन भएका थिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया