चिसाङमा पुल नबन्दा सास्ती, झोलुङगे पुलबाट जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता (तस्विर तथा भिडियाे सहित)

लेटाङ । उत्तरी मोरङको लेटाङमा रहेको चिसाङ खोलामा पुल नबन्दा आसपासका स्थानीयले जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । बर्षौदेखि खोलामा पुल नहुँदा उनीहरु झोलुङगे पुलको साहारामा यात्रा गर्न बाध्य बनेका छन ।

हिउँदको समयमा खोलामा पानी कम हुने भएकोले खोलाबाटै आवातजावत गर्ने भएपनि बर्षायाममा खोलामा बाढी आएपछि उनीहरु करिब १ किलोमिटर माथि रहेको झोलुङगे पुलको साहारा लिन बाध्य बन्ने गरेका छन । पुलबाटै पशु चौपाया, मोटरसाईकल, साईकल लगायत मानिसहरु आवातजावत गर्नुपर्ने कारण पुल समेत जिर्ण बन्दै गएको छ । सो पुलबाट मानिस सँगै सवारी साधन समेत हिँडनुपर्ने भएका कारण जोखिम समेत उत्तिकै बढेको स्थानीय बताउँछन ।

खोलामा सञ्चालित क्रसरका कारण सो पुल समेत भासिँदै गएका कारण झन खतरा बढेको स्थानीय बताउँछन । बर्षायाममा सो खोलामा आएको बाढीका कारण खोलाबाट आवातजावत गर्न सम्भव नै छैन,पुलबाट आवातजावत गर्दा समेत खतरा उत्तिकै छ, स्थानीय मनिषा भण्डारी गुनासो गर्छिन । दैनिक रुपमा लेटाङ आवातजावत गर्न ५ मिनेटमा पुगिने ठाँउमा घण्टौ हिँडनुपर्ने त्यसमा पनि सुरक्षित महशुस नहुने उनी बताउँछिन ।

पुल समेत भाँसदै गएका कारण सो पुलमा पनि कतिबेला दुर्घटना हुन्छ भन्ने पिरले सताउने स्थानीय युवा जित राई बताउँछन । पुलबाटै मानिस र सवारी साधन यात्रा गर्नुपर्दा समेत दुर्घटनाको भय उत्तिकै हुने उनी सुनाउँछन । चिसाङ खोलामा पक्की पुल निर्माण शुरु भएको बर्षौ भएपनि सो पुल सम्पन्न हुने अत्तोपत्तौ छैन । पुल नबन्दा लेटाङ,बेलबारी,बुधबारे,किर्तिमान,फडानी,तुर्के,केराबारी लगायत बिभिन्न ठाँउका हजारौँ स्थानीयले सास्ती बेहोर्नुपरेको छ ।

खोलामा पक्की पुल नबनेपछि झोलुङगे पुलबाट आवातजावत गर्नेको ठुलै भिड हुने गरेको छ । पुलमा सेल्फी खिच्नेदेखि त्यहीबाट पशुचौपाया र सवारी साधन आवातजावत गर्दा समस्या हुने गरेको स्थानीय कमल पौडेलले बताउँछन । स्थानीय निकायले चाँडोभन्दा चाँडो पक्की पुल निर्माण गरी समस्याको समाधान गर्नुपर्ने उनको सुझाब समेत रहेको छ । मानिसका लागी आवातजावतको सहजताका लागी निर्माण गरिएको पुलमा पशुचौपाया र सवारीसाधन समेत हिँडन थालेपछि पुल समेत भासिन् थालेको छ ।

Purbeli TV

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

चिसाङमा पुल नबन्दा सास्ती, झोलुङगे पुलबाट जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता (तस्विर तथा भिडियाे सहित)

भर्जिन कथा र भर्जिन लोकेशनमा पुरानो बुलेट

पहाडमा पहिराे तरार्इमा बाढीले जनजीवन आक्रान्त

बिबाहमा हुने फजुल खर्च कटाएर नेत्रहिनलाई सहयोग

जिब्रोले निधार छुने अच्चमका युवाको फिल्म खेल्ने रहर

खोला जव सुस्ताउँछ, स्थानीयको भोक र निन्द्रा हराउँछ

एउटा पनि सार्बजनिक शौचालय नभएको खुल्ला दिशामुत्त नगर

खलासी दाई ! के सडक तिम्रो बाऊको बिर्ता हो ?

गरिब,जेहेन्दार र दलित बिद्यार्थीलाई समाजसेवी राईको सहयोग

काम गरेर देखाउने ईप्रका बेलबारी प्रमुख राईको दाबी

तपाईको प्रतिक्रिया