प्रथम जिल्ला स्तरिय तेक्वान्दो डोजाङ्गको पथरीशनिश्चरेमा

पथरी /माेरङकाे पथरीशनिश्चरेमा प्रथम पथरीशनिश्चरे जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ। स्वास्थ्यको लागि खेलकुद , राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ सो प्रतियोगिता आयोजना गर्न लागिएकाे हाे ।

माेरङ जिल्लामा रहेका ९ अाेटा क्लवले सहभागी जनाउने प्रतियाेगीताकाे ४ उमेर समुहमा प्रतिस्प्रदा गराईने पथरीशनिश्चरे तेक्वान्दो डोजाङ्गका अध्यक्ष मिलन राईले जानकारी दिनु भयो। प्रतियाेगितामा बिराटनगर , सुकुना, लक्ष्मिमार्ग, कानेपोखरी रमाइलो , गछिया, बिराटचौकको बिराट पुर्वाञ्चल, बेलबारी, गाेठगाँउ र अायाेजक डोजाङ्गको सहभागीता रहने सो प्रतियोगितामा प्रथम , द्दितिय र तृतीय हुनेलाइ क्रमशः स्वर्ण , कास्य र रजत पदक र प्रमाणपत्र प्रदान गरिने पथरी तेक्वान्दो डोजाङ्गका प्रमुख प्रशिक्षक बिनोद राइले जानकारी दिनुभयो।प्रतियाेगितामा प्रायाेजक नभेटिएकाले नगद पुरस्कार नरहेकाे राईले बताए ।

असार ३० गते शनिबार पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ मा रहेको नर्वदेश्वर शिवालय मन्दिरमा आयोजना हुने सो प्रतियोगितामा पुरुष तर्फ ४६ केजि , ४२ केजि, ३८ केजि र ३३ केजि तथा महिला तर्फ ४६ केजि , ४२ केजि र ३३ केजि उमेर समुहका खेलाडी बिच प्रतिस्पर्धा गराइने छ ।
राष्टिय स्तरका खेलाडी उत्पादन गर्न खेलाडीलाई प्राेसाहन गर्न प्रतियोगिता सन्चालन गरेकाे र खेलमा करिब एक लाख खर्च हुने आयोजकले जानकारी दिएकाे छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया