तरुण दल सुनसरीद्धारा मण्डलको रिहाईको माग

सुनसरी । तरुण दल सुनसरीले मोरङ स्थित रंगेली कार्यसमितिका उपाध्यक्ष भरत मण्डललाई बिना कारण पक्राउ गरेको भन्दै रिहाईको माग गरेको छ । एक विज्ञप्ती निकाल्दै रंगेली नगरपालिकाका मेयरको ठाडो निर्देशनमा बिना कसुर पक्राउ गरि हिरासतमा राखेको भन्दै ध्यानकर्षण सहित रिहाईको माग गरिएको हो ।

ब्यतिगत प्रतिशोध साँधेर शक्तिको दुरुपयोग गदै ग्रैहकानुनी रुपमा थुनामा राख्नु कानुनी राज्यको उल्लघंन मात्र नभइ लोकतन्त्रको धज्जी उडाउनु समेत भएको तरुण दल सुनसरीले विज्ञप्तीमा उल्लेख गरेको छ ।

मण्डलको रिहाई नभए मोरङले थालेको आन्दोलनमा ऐक्यबद्धता जनाउने बताइएको छ । साथै उनको रिहाईको लागी सुनसरीमा समेत बिरोधका कार्यक्रम सार्वजनिक गर्ने अध्यक्ष सिजन गुरुङद्धारा हस्ताक्षरित विज्ञप्तीमा लेखिएको छ ।

तपाईको प्रतिक्रिया