डेढ करोडको जग्गा ७ लाखमा हडपेको आरोप

इटहरी । इटहरी २० स्थित जनसहयोग उच्च माविका एक शिक्षकले धितो पास गरी महंगो मिटर ब्याजमा रकम लगाउँने गरेका छन । बुधबार रिर्पाेर्टर्स क्लब सुनसरीमा पत्रकार सम्मेलन गदै तरहराकै एक पिडित महिलाले आफुलाई विल्लीबाठ बनाएको आरोप लगाईन । शिक्षक इन्द्र बस्नेतले महंगो ब्याज लिएर पनि जग्गा हडप्न खोजेको भन्दै चौधरी परिवारले गुनासो गरेको छन ।

तरहरा जनसहयोगका शिक्षक बस्नेतले आफुलाई जालझेल गरेको तरहराकी गिता चौधरीले दुखेसो गरेकी छिन । पहिला देखि आर्थिक कारोबार गदै आएको शिक्षक बस्नेत ७ लाखमा झापा धरमपुर ९ को डेढ विगाह जग्गा पच बनाएको उनको आरोप थियो । धितो पास गरेको जग्गा अहिले कानुनले जे गर्छ त्यो गर मलाई सबै जग्गा पास गरेको भन्दै धम्क्याउँने गरेको उनले बताईन ।

मालपोत कार्यालय सुनसरीमा जग्गा धितोपास गरी लिएको रकम ८० हजार ब्याज र २ लाख सावा दिन बाँकी रहे पनि अहिले जग्गा फिर्ता गर्ने नमानेको चौधरीले गुनासो गरीन । २०६८ सालमा धरानकी प्रभा सुब्बाको नाममा झापाको धरमपुरमा रहेको ९ क ९५ कित्ता नम्बरको जग्गा अहिले शिक्षक बस्नेतले पचाउँन खोजेको चौधरीको आरोप छ ।

शिक्षक इन्द्र बस्नेत

धरानकी प्रभा सुब्बाले तरहराकै गोपी चौधरी र गिता चौधरीबाट ७ लाख रकममा उक्त जग्गा धितो पास गरेका थिए । सोही जग्गा चौधरी परिवारले शिक्षक बस्नेतकोमा राखेर ७ लाख निकालेको बताएका छन ।
गत जेष्ठ महिनामा मात्र ५ लाख रुपैया बस्नेतलाई बुझाएको चौधरीको भनाई छ ।

यता मिटर ब्याजको कारोबार गदै आएका शिक्षक इन्द्र बस्नेतले भने आफुलाई लगाएको आरोप झुटो भएको बताए । आफुले २०६९ सालमा जग्गा ‘छिन्ती’ किनेको भन्दै उनीहरुले अहिले जग्गाको मुल्य बढेको कारण लोभले बहानाबाजी गरेको उनले बताए ।

Purbeli TV

तपाईको प्रतिक्रिया