मासियो धानखेती,खेतीयोग्य जमिन कंक्रिट भवनमा परिणत

 

मोरङ । प्रदेश १ लाई अन्नको भण्डार मानिन्छ । झापा,मोरङ र सुनसरीमा मात्र उत्पादन हुने धानले मात्र सिंगो प्रदेश धान्न सक्ने अबस्था छ तरपनि कतिपय जग्गा बाझै राख्ने र धानखेती मासेर जग्गा प्लटिङ गरी कंक्रिट भवनहरु निर्माण भएपछि हरेक बर्ष धान उत्पादन घटेको मात्र छैन अन्यत्रबाटै चामल आयत गरेर खानुपर्ने अबस्था सिर्जना भएको छ ।

मोरङ जिल्लामा ९८ हजार हेक्टरमा हुदै आएको धान खेती अहिले ८२ हजार हेक्टरमा सिमिति भएको छ । १५ वर्षअघि सुनसरीमा ६१ हजार हेक्टरमा धान खेती हुँर्दै आएकोमा हाल सो दर घटेर ४५ हेक्टरमा सिमिति भएको छ । त्यसैगरी झापामा ९२ हेक्टरमा हुँदै आएको धान खेती घटेर ८३ हेक्टरमा सिमिति भएको छ । अन्य जिल्लाहरुमा पनि धान खेती हुने जग्गा मासिएको तथ्याङले देखाएको छ । प्रदेश १ का १४ वटै जिल्लामा धान खेती हुने गरेपनि कुनैपनि जिल्लामा त्यहीको उत्पादनले धान्न सक्ने अबस्था छैन ।

प्रत्येक वर्ष धान खेती मासिदै गएपछि प्रदेश १ अन्तर्गत रहेका १४ जिल्लामा गएको १५ वर्षयता धानको उत्पादनमा कमी आएर १४ लाख १५ हजार ८ सय मेट्रिक टनमा समिति भएको छ । कार्यालयका अनुसार धान खेतीमा अब्वल मानिएको प्रदेश १ मा यो अवधिमा ५४ हजार हेक्टर धान खेतीको क्षेत्रफल गुमेको छ । सन् २००३ मा प्रदेश १ अन्तर्गतका १४ जिल्लामा ३ लाख ६६ हजार हेक्टरमा धान खेती हुँदै आएको थियो ।
धानको वार्षिक उत्पादन पनि १६ लाख ४७ हजार मेट्रिटन रहेको थियो । तर, १५ वर्षको अन्तरमा हाल धानको वार्षिक उत्पादन १४ लाख १५ हजार ८ सय मेट्रिक टन उत्पादन रहेको छ । धान खेती हुने जग्गापनि खुम्चिएर ३ लाख १२ हजार हेक्टरमा सिमिति बनेको छ । तत्कालको पूर्वाअञ्चल कायम रहेको १६ जिल्ला मध्ये हाल यो तथ्याङ प्रदेश १ मा रहेका १४ जिल्लाको मात्र हो । क्षेत्रीय कृषि निर्देशनालयको अनुसार धान खेतीको प्रमुख पकेट क्षेत्र सुनसरी,मोरङ र झापा सवै भन्दा बढी धान खेती मासिएको छ । जसमा सुनसरी जिल्लामा सबै भन्दा बढी २७ प्रतिशत धान खेती मासिएको छ ।

कृषिमा आधुनिकीकरण गर्दै उत्पादन बढाउने खण्डमा यी जिल्लाले सिंगो प्रदेशलाई नै खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्ने क्षेत्रीय कृषि निर्देशनालय विराटनगर वरिष्ठ कृषि प्रसार अधिकृत राजेन्द्र उप्रेती बताउँछन् । उनका अनुसार धान उत्पादनका अवला प्रदेशमा मकै, गहुँ, अमलिसो, अदुवा, अलैंची, चिया, आलु लगायत पनि उत्पादन हुने गरेको छ ।

कृषिको आधुनिकीकरण गरेको खण्डमा तीन जिल्लाले मात्रै यो प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्नेछ । यस वर्ष मात्रै १ नम्बर प्रदेशमा १४ लाख १५ हजार ८ सय मेट्रिक धान फलेको छ । प्रदेश १ ले कुल धानको उत्पादन मध्ये आफ्नो प्रदेशमा खपत गरेर वार्षिक तीन हजार मेट्रिक टन धान अन्यत्र निर्यात हुँदै आएको छ ।

प्रदेश १ मा कुल खेती योग्य जमिनको क्षेत्रफल भने ९ लाख २७ हजार ४ सय १९ हेक्टर छ । भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय कृषि विकास महाशाखाका प्रमुख उपसचिव मनोज यादवका अनुसार खेत ४ लाख ९२ हजार ६ सय ९३ हेक्टर रहेको छ भने पाखो जमिनको क्षेत्रफल ४ लाख २ हजार १ सय १२ हेक्टर रहेको छ । जसमा सिँचित क्षेत्रफलको अबस्था भने ३ लाख १७ हजार ८ सय २२ हेक्टर मात्र रहेको छ ।
प्रदेश १ मा उत्पादन भएको धानले यस प्रदेशलाई बचाएर अन्य प्रदेशमा पनि निर्यात गर्दै आएको थियो । धान खेती हुँदै आएको जमिन मासिदै जाँदा त्यस क्षेत्रमा लगाइँदै आएको धानको खेती पनि घट्दै गएको हो । विशेष गरी बसोवास क्षेत्रका लागि प्लटिङ गरेर खेतीयोग्य जमिन खण्डिकरण भइरहेको छ । त्यसका अबला धान खेती मासेर तरकारी खेती, माछा पोखरी निर्माण गर्ने काम भएको छ ।

तपाईको प्रतिक्रिया