सुन्दरहरैंचा खुल्ला दिसामुक्त, पूर्णखोप सुनिश्चितता तथा साक्षर नगरपालिका घोषणा

नगरको २१ हजार ७ सय ५१ घर धुरीमा शौचालय निर्माण

मोरङ / मोरङको सुन्दरहरैंचा नगरपालिकालाई खुल्ला दिसामुक्त,पूर्णखोप सुनिश्चितता र साक्षर नगरपालिका घोषणा कार्यक्रम गरिएको छ । सुन्दरहरैंचा नपा भित्रका १६ देखी २२ महिना सम्मका सबै बालवालिकाले १५ महिनाको उमेर भित्र पूर्ण खोप पाएका सुनिश्चितता तथा खुल्ला दिशा मुक्तm ,साक्षर नगरपालिका घोषण गर्न सर्व समिती निर्णय समेत भएको थियो । नगरको २१ हजार ७ सय ५१ घर धुरीमा शौचालय बनेपछि खुल्ला दिशा मुक्त नगर घोषणा गरिएको तथा १५ देखी ६० बर्ष उमेरमा साक्षर बने पछी घोषणको कार्यक्रम आयोजना भएको सुन्दरहरैंचा नपाले जनाएको छ ।

सन्देशमुलक एक कार्यक्रमको आयोजना गरी इन्द्रपुर जेसीजको सभाहलमा सुन्दरहरैंचा नपाका नगर प्रमुख एंव नगरस्तरिय खानेपानी तथा सरसफाई समन्वय समितिका अध्यक्ष शिवप्रसाद ढकालको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रममा मोरङ जिल्ला क्षेत्र नं ३ का सांसद भानुभक्त ढकालको प्रमुख आतिथ्यता रहेको थियो । उनले कार्यक्रमलाई सम्बोधन गदै खुल्ला दिसामुक्त,पूर्णखोप सुनिश्चितता र साक्षर नगरपालिका घोषणा कार्यक्रम महत्वपूर्ण भएकाले गाउं ,नगर तथा मुलुकको हित तथा विकासको लागि सबैको सहकार्य एंव एकता महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा प्रमुख अतिथि ढकालले कार्यक्रमको उद्घाटन गर्दै घोषणा पत्र नगर प्रमुख शिवप्रसाद ढकाललाई प्रदान गरेका थिए । कार्यक्रममा उनले खुल्ला दिसामुक्त,पूर्णखोप सुनिश्चितता र साक्षर नगरपालिका घोषणा सार्वजनिक गरेका थिए । स्थानिय श्रोतको उपयोग,स्वामित्व र सहभागिता खुल्ला दिसामुक्त, पूर्ण खोप , साक्षर नगर हाम्रो प्रतिवद्धता भन्ने नारा रहेको उक्त कार्यक्रम सुन्दरहरैंचा नगरपालिकाले सहयोग गरेको थियो । नगरस्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिती सुन्दरहरैंचाको आयोजनामा कार्यक्रम भएको थियो । भातृभुमि महिला समाज लगायतका संस्थाको प्राबिधिक सहयोगमा नगरपालिकालाई खुल्ला दिसामुक्त,पूर्णखोप सुनिश्चितता र साक्षर नगरपालिका घोषणा गरीएको हो ।

कार्यक्रममा समाजसेवी तथा राजनितिकर्मी केदारप्रसाद गुरागाई, मोरङ जिल्ला समन्वय समितिका अध्यक्ष नरेशप्रसाद पोख्रेल प्रदेशसभाका सदस्य चुमनारायण तबदार, राजकुमार ओझा, राष्ट्रिय सभाका सदस्य रमेशजंग रायामाझी लगायतले बोलेका थिए । कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत जीवनप्रसाद आचार्यले जनप्रतिनिधि आएपछि यस्तो महत्वपुर्ण कार्य गर्न सफल भएको हुदा सबैसंग सहकार्य गरेर अगाडि बड्नुपर्ने आवश्यकता भएको बताए ।

सोही अबसरमा सुन्दरहरैंचा नगरपालिकालाई खुल्ला दिसामुक्त,पूर्णखोप सुनिश्चितता र साक्षर नगरपालिका घोषणा कार्यक्रमलाई सहयोग पु–याउने विभिन्न महानुभावहरुलाई प्रसङसा पत्रद्धारा सम्मान गरिएको थियो ।

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

सुन्दरहरैंचा खुल्ला दिसामुक्त, पूर्णखोप सुनिश्चितता तथा साक्षर नगरपालिका घोषणा

सुन्दरहरैंचा नपामा विपत व्यवस्थापन समिति गठन

९ करोडको लगानीमा सुन्दरहरैंचामा सार्वजनिक शाैचालयको निर्माण हुँदै

हावाहुरीबाट सुन्दरहरैचामा करोडौको क्षति,दर्जनौ परिवारको बिचल्ली

विराटचोकमा प्रिमियर इन्स्योरेन्सको शाखा विस्तार

सुकुना बहुमुखी क्याम्पस प्रदेश १ को शान हो : प्रेमप्रसाद भट्टराई

सुन्दरहरैंचामा दोस्रो नगर सभा सम्पन्न

शिक्षा सामाजिक सेवा हुनु पर्दछ : गोविन्द कार्की

विराटचोकमा गोविन्द मार्गको उदघाटन सँगै बृद्ध चौतारीको शिलान्यास

तपाईको प्रतिक्रिया