कर्जन्हा नगरपालिकाको कार्यालयमा अागलागी, मेयरले अाफ्नाे स्वार्थका आगजनी गराएको भन्दै स्थानियद्धारा चक्काजाम (तस्विरहरू सहित)

सिरहा / सिरहाको कर्जन्हा नगरपालिकाको कार्यालयमा अज्ञात समुहले गएराति आगजनी गरेका छन् । कर्जन्हा नगरपालिका बडा नं. ११ स्थित बगहामा रहेको नगरपालिकाको कार्यालयमा अज्ञात समुहले गरेको आगजनीले कार्यालयको झ्याल, ढोका र फर्निचर लगायतका समानहरुमा क्षति पुगेको छ ।

नगरपालिकाका मेयर गंगा पासवानले नगरपालिकाको केन्द्र भाड्ने नियतले आगजनी गराएको स्थानिय राजलाल कामतले आरोप लगाए । नगरपालिकाको साबिक केन्द्र बगहा रहेपनि मेयर पासवानले कर्जन्हा बजारमा राख्ने पक्षमा रहेकोले स्थानियहरुले बगहा केन्द्र राख्नुपर्ने भन्दै अदालतमा मुद्धा दिएको थियो । अदालतले कर्जन्हा नगरपालिकाको केन्द्र बगहा राख्नुपर्ने आदेश समेत दिएको स्थानिय अनिल महतोले बताए ।

विरुद्धमा चक्काजाम

कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमानले आफ्नो स्वार्थका लागि नगरपालिकामा आगजनी गराएको भन्दै स्थानियहरुले पुर्वपश्चिम लोकमार्गको वस्तिपुर मिर्चैया सडकखण्ड अन्तर्गत बगहामा चक्काजाम गरेका थिए । कार्यालयमा आगजनी गर्ने समुहको पक्राउ गरी कार्वाही गनुपर्ने माँग गर्दै आज करीब विहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गरिएको स्थानिय राजलाल कामतले बताए ।

मेयर पासमानलाई बोलाई छलफल गर्ने सहमति पश्चात चक्काजाम खोलिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक कैलाश चौधरीले बताए ।  कर्जन्हा नगरपालिकामा लामो सायदेखि केन्द्रको विषयमा बिबाद हुदै आएको छ । आगजनीले नगरपालिकाको दैनिक काम काज ठप्प भएको बताईएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया