रियाद महरेज लिग च्याम्पियन म्यानचेष्टर सिटीमा

लेस्टर सिटीका चर्चित अल्जेरियन विंगर रियाद महरेज इङलिस प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीमा आनुबन्धित भएका छन् । महरेजका लागि सिटीले क्लबको किर्तिमानी मूल्य ६० मिलियन पाउण्ड तिरेको जनाएको छ । लेस्टर सिटीले सन् २०१५–१६ मा अप्रत्याशित प्रिमियर लिगको उपाधि जित्दा महरेज टोलीका महत्वपूर्ण सदस्य थिए । सन् २०१५–१६ मा प्रोफेशनल फुटबलर्स एशोसिएशनको प्लेयर अफ द इयर समेत घोषित भएका महरेजको खेल्ने सैली म्यानचेष्टर सिटीको टिममा निकै राम्रो संग मिल्ने विभिन्न फुटबल विद हरुले जनाएका छन् । लेस्टरमा चार सिजन बिताउने क्रममा महरेजले क्लबका लागि १७९ खेल खेल्दै ४८ गोल समेत गरेका थिए ।

२७ बर्षिय महरेजले सिटीसँग पाँच बर्षको अनुबन्ध गरेका छन र उनको आगमन संगै बर्नाडो सिल्भा र रहिम स्ट्रलिङ्गको भाबिस्यामा पनि प्रश्न चिन्न खडा भएको छ । सिटीले महरेजलाई किन्न गत जनवरीमा पनि प्रयास गरेको थियो ।

Purbeli TV

तपाईको प्रतिक्रिया