मेसिनबाट धान खेती थालिएपछि बढ्यो कृषकको आकर्षण

 

मोरङ÷ मोरङको बेलबारी ९ मा मेसिनबाट धान रोप्न थालिएपछि कृषकहरुको आकर्षण त्यस तर्फ बढ्न थालेको छ ।
युवा जति बिदेश तिर पलायन भईरहेका बेला सामुहिक खेतीलाई पहिलो प्राथमिकता दिईने र आधुनिकीकरण गर्ने कृषि कम्पनीले अभियान सञ्चालन गरेपछि किसानलाई मेसिनबाटै थोरै खर्चमा धान रोप्ने, गोड्ने र काट्ने मेसिन गाँउमै ल्याएपछि कृषकहरु यतिबेला मेसिन बाट धान रोप्न थालेका छन ।

१५ दिनको धानको बेर्ना मेसिनबाट रोप्दा किसानहरूले एक बिगाहमा १ सय ५० मनसम्म आम्दानी गर्ने गरेको कृषि कम्पनीका निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए । ट्रेमा बेर्नाबाट कृषकहरुले खेती गर्न थालेका हुन । ट्रेमा बेर्ना उत्पादन गर्ने प्रविधि ब्याडमा बीउ राख्दाभन्दा महँगो परेपछि नेपाल कृषि कम्पनीले ब्याडमै प्लास्टिक बिछ्याएर बेर्ना तयार समेत गरिदिन थालेको निर्देशक बस्नेतले बताए ।

यसबाट ८० प्रतिशत लागत घटने समेत उनले दावी गरे । किसानहरूको समूह बनाई एकैपटक एक हजार बिगाह जमिनमा खेती गर्ने योजना रहेको बस्नेतले बताए । बेलबारी नगरपालिकाको समन्वयमा आधुनिक खेति गर्ने योजना बनाएकोे समेत उनले बताए । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदी प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहाल लगायत वडा अध्यक्षहरु सँग छलफल गरी सकेको उनले बताए । मेसिनको माध्यमबाट धान, मकै रोप्ने, गोड्ने र काट्नका लागी मेसिन ल्याई सकिएको कृषी कम्पनीले जनाएको छ ।

एक बिगाह जमिनमा सामान्यत धान रोप्दा २० हल गोरु र ३० जना रोपाहार लाग्ने गर्छ । तर मेसिन बाट धान रोपिसक्दा २२ हजार रुपैयाँ खर्च हुन्छ । गोरु दिनको हलको १ हजार लाग्ने गरेको छ । तर मेसिनले बीउ सहित ११ हजार ५ सयमा एक दिन पनि नलगाई धान रोपिदिने गरेको छ । अहिले उक्त लागत ८ हजारमा घटिसकेको छ । तीन हजार ५ सयमा बीउ राख्न सकिन्छ । धान रोप्नेमात्र होइन गोड्ने, खेतमै काटेर दानामात्र घर लान मिल्ने हार्वेस्टर मेसिन समेत कम्पनिले ल्याइ सकेको छ ।

नेपाल कृषि कम्पनीबाट सुनसरी, मोरङ, झापा र मकवानपुरमा परिक्षणका रुपमा काम गरीसकेको छ । युवा जति बिदेश तिर पलायन भईरहेका बेला कम्पनिले समुह बनाएर गर्ने सामुहिक खेतीलाई पहिलो प्राथमिकता दिईने कृषि कम्पनीका कार्यक्रम प्रबन्धक डा.विवेकानन्द झाले बताए । बेलबारी नगरपालिका सँगको सहकार्यमा आधुनिक खेतिमा कृषकलाई उत्साहित गर्ने कम्पनीले बताएको छ ।

तपाईको प्रतिक्रिया