पाँचथर र झापामा दुर्घटना, ४ जनाको मृत्यु

 

पाँचथर । पाँचथरमा मंगलबार बिहान जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । जिल्लाको याङबर गाउँपालिका ३, चैतेभीरमा मे १ ज २०५१ नम्बरको जीप दुर्घटना हुँदा च्याङथापु–१ का कैलाश अधिकारीको मृत्यु भएको हो ।  जीपमा चालकसहित १० जना सवार थिए । जिल्ला प्रहरी कार्यालय पाँचथरले घटनास्थलमै १ जनाको मृत्यु भएको पुष्टि गर्दै घाइते ९ जनाको उद्धार गरेर अस्पताल लगिएको जानकारी दिएको छ ।

घाइतेको अवस्थाबारे प्रहरीले केही बताएको छैन । अनियन्त्रित भएर दुर्घटना भएको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको छ । प्रहरीले यसबारे अनुसन्धान भइरहेको बताएको छ ।

यता पूर्व – पश्चिम राजमार्ग अन्र्तगत झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिले सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भई झिलझिलेमा रहेको समिर ग्यारेजमा काम गर्ने १९ वर्षीय महमद सहनी रहेको प्रहरीले जनाएको छ । सोमवार राति पैदल हिँडिरहेका उनलाई पश्चिमबाट पूर्व आउँदै गरेको मे ५ प ६८०९ नम्वरको मोटरसाइकलले ठक्क्र दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

उता वाह्रदशी गाउँपालिका ६ निवासी ४० वर्षीय सेन्कुवा राजवंशीले चलाएको मोटरसाइकल सोमवार राति अनियन्त्रित भई पल्टदा उनको मृत्यु भएको छ । बिर्तामोबाट घर जाँदै गरेका राजवंशीले चलाएको को २९ प ४४६९ नम्वरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो । मोटरसाइकल अनियन्त्रित भई पल्टदा गम्भीर घाइते भएका राजवंशीको उपचारको क्रममा बिर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी नायव उपरीक्षक जीतेन्द्र वस्नेतले जानकारी दिए  ।

झापाकै दमकस्थित जनज्योति निमाविको गेटको ढोका भत्किँदा एक वालकको मृत्यु भएको । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विद्यालयको कम्पाउण्मा खेल्दै गरेका इलाम चुलाचली गाउँपालिका–३ निवासी १० वर्षीय वालकको ढोकाले किचेर मृत्यु भएको छ । दमक – ३ स्थित मामा घर आएका रिजन लिम्बूलाई सोमवार अपरान्ह खेल्ने क्रममा स्कूलको गेटमा लगाइएको ढोका भत्किएर लागेको थियो ।

ढोकाले लागेर गम्भीर घाइते भएका लिम्बूको मोरङस्थित उर्लावारी नगरपालिकामा रहेको अरनीको अस्पतालको क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जीतेन्द्र वस्नेतले जानकारी दिए  ।

तपाईको प्रतिक्रिया