धरान १४ आजबाट पूर्ण खोप सुनिश्चितता घोषणा

धरान / धरान उपमहानगरपालिका वडा नं. १४ आजबाट पूर्ण खोप सुनिश्चितता वडा घोषणा भएको छ । धरान १४ लाई बालमेत्री घोषणा गर्न चाहिने ३९ सूचिमध्ये पूर्ण खोप सुनश्चिततलाई पनि मानिने गरिएको छ । वडा नं. १४ ले शनिवार दन्तकाली माविको हलमा आयोजना गरेको कार्यक्रममा वडा नं. १४ लाई पूर्ण खोप सुनिश्चिता वडा घोषणा गरिएको हो । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाकाले गरेको अनुगमनका क्रममा वडा नें १४ पूर्ण खोप सुनिश्चिता वडा हुन सफल भएको अनुगमन समितिका संयोजक घनश्याम सिग्देलले बताउनुभयो ।

पूर्ण खोप सुनिश्चिता हुनका लागि भर्खरै जन्मेदेखि ५ बर्ष मुनिका बालबालिकाले ११ वटा खोप पूरा गर्नुपर्ने प्रावधान छ । यो वडामा रहेका ७५ जना बालबालिकाले खोप पूरा गरेको पाइएकोले १४ नं. वडा पूर्ण खोप सुनिश्चिता वडा हुन सफल भएको उहाले जानकारी दिनुभयो । धरान उपमहानगरपालिकाकी उपमेयर तथा उपमेयर मञ्जु भण्डारी सुवेदीले खोप बालबालिकाको स्वास्थ्य रहने कडी भएको बताउदै अब धरानका सबै वडा पूर्ण खोप सुनिश्चितता हुन आवश्यक रहेको बताउन्ुभयो ।

धरान १४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले यो वडा चाडै नै बालमैत्री वडा घोषणाको तयारीमा रहेको बताउनुभयो । घोषणा हुन के कुरा बाकी रहेको बताउदै १४ नंं वडा पूर्ण खोप सुनिश्चितता वडा घोषणा भएकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा पूर्ण खोप सुनिश्चितामा सहयोग पु¥याउन गर्ने स्वास्थ्य स्वयम्सेर्वी, स्थानीयहरुलाई कदर स्वरुप सम्मानपत्र समेत प्रदान गरिएको थियो ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

सर्दुमा पुल निर्माणले तिब्रता पायो

लिम्बुको थाँत थलो बचाउन लागे लिम्बुहरु

धरानमा एक अज्ञात बालक माथी एसिड प्रहार

धरानमा घरको छतबाट खसेर एक युवक घाइते

धरानमा खुकुरी प्रहारबाट एक युवक घाइते

भारी मात्रामा पटका सहित तीन भारतीय प्रक्राउ (तस्विरहरू सहित)

धरान स्थित सूर्य कत्था उद्योगा आगलागी, आगलागी अझै नियन्त्रणमा आएन (तस्विरहरू सहित)

जैविक विविधिता पार्क बनाउन जुटे धरानेहरु

असुरक्षासंगै लागू औषध ओसापसारका केन्द्रविन्दु, चोरी बढ्पछि पत्रङ्गबारीमा प्रहरी विट सञ्चालन

धरानको शक्तिपीठ दन्तकाली मन्दिरमा भक्तजनको भीड

तपाईको प्रतिक्रिया