सुन्दरहरैंचा नपामा विपत व्यवस्थापन समिति गठन

सुन्दरहरैंचा नगरपालिकामा प्राकृतिक प्रकोप बाट हुने क्षति न्युनिकरणका लागि विपत व्यवस्थापन समिति गठन भएकाे छ । देश भर तथा पुर्वी तराईका जिल्लामा विगत केही दिन देखिको अविरल रुपमा वर्षा भईरहेको हुनाले बर्षातका कारणले हुन सक्ने जोखिम बाट बच्न उच्च सतर्कता अपनाईएको हो । विगतको बाढी पहिरोले निम्ताएको क्षतिलाई मध्य नगर गर्दै सुन्दरहरैचा नगरपालिकाले विपत व्यवस्थापन समित गठन गरेको र नगरको उच्च जोखिममा रहेका स्थानहरुको पहिचान गरि बाढी पहिरो तथा विपतमा परेकाहरुलाई तत्काल उद्धार गरेर आवश्यक राहत दिनु पर्ने अवस्था आएमा तक्काल व्यवस्था मिलाउने उद्देश्यले विपत व्यवस्थापन समिति गठन गरिएको सुन्दरहरैंचा नपाका प्रमुख प्रसासकिय अधिकृत जीवनप्रसाद आचार्यले बताए ।

नेपाल सरकारको निति बमोजिम नगर प्रमुख शिवप्रसाद ढकालको संयोजकत्वमा विपत व्यवस्थापन समिती क्रियाशिल रहेने बताईएको छ । जसमा उप प्रमुख धनमाया तामाङ , प्रमुख प्रसासकिय अधिकृत, कार्यपालिका ५ जना सदस्य, बडा अध्यक्षहरु, नगरकोे सुरक्षा निकाय, उद्योग बाणिज्य संघ, लायन्स क्लव, रेडक्रस सोसाईटी, स्थानिय सक्रिय सामाजिक संघ संस्था, राजनैनितिक दलको सहभागिता हुने गरी सुन्दरहरैचामा नगर स्तरीय विपत व्यवस्थापन समिति गठन गरिएको सुन्दरहरैंचा १० का वडाध्यक्ष राजेन्द्रबहादुर थापाले बताए ।

दोस्रो चरणमा प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा सदस्यहरुको समेत भुमिका रहने गरि वडा स्तरिय समिति निर्माण गररे विपत व्यवस्थापनको पुर्व तयारीका लागि समेत वडामा हुने बिपतको न्युनिकरण गरिने योजना रहेको .सुन्दरहरैंचा ७ का वडाध्यक्ष चैतन्यप्रसाद सिटौलाले बताए ।

सुन्दरहरैंचाको आसपासमा पर्ने गछिया खोला, लोहन्द्रा खोला , बुढीखोला तेलिया खोला , सुकुना पैनिमा गत वर्ष बढीले नराम्रो क्षति पुगेको हुंदा यस वर्ष पनि सो क्षेत्र उच्च जोखिममा परेकाले समितिको ध्यान त्यस तर्फ केन्द्रित रहेको .सुन्दरहरैंचा ३ का वडाध्यक्ष जीवनप्रसाद ढुङगाले बताए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

सुन्दरहरैचा एक्स्पाेमा जे देखियाे (५४ तस्विरहरू)

सुविजीमुरकाे खेलकुद सप्ताह शुरु

मोरङको सुन्दरहरैचामा मिस सुन्दरहरैचा पुर्वाञ्चल २०१९ हुने

आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण तेस्रो सुन्दरहरैंचा एक्स्पो २०७५

सुन्दरहरैंचा एक्स्पाेकाे तयारी तिब्र, हेलिकप्टरबाट पूर्वकाे विभिन्न ठाउँ अवलाेकन गर्न सकिने

खानेपानीको अध्यक्षमा भट्टराई

सुन्दरहरैँचामा श्रीपञ्चमीको अवसरमा विविध कार्यक्रम सम्पन्न

धुमधामका साथमा सुविजीमुर मा.वि.ले मनायाे सरस्वती पुजा (२७ तस्विरहरू सहित)

तेस्रो सुन्दरहरैँचा एक्स्पाे हुने

स्थानीयले टिपर जलाएको विरोधमा उत्रिए ब्यबसायी

तपाईको प्रतिक्रिया