सप्तकोसीमा पानीको बहाव बढ्याे, मापन सहि नहुँदा फैलियो त्रास

इटहरी । पहाडी जिल्लाहरुमा दुई दिन देखी लगातार बर्षात भइरहेको कारण कोशी नदीमा पानीको बहाव घट्ने बढ्ने क्रम शुरु भएको छ ।
पानीको सतह बढेपछि राजावास क्षेत्रको २६–४०, २६–८८, २७–१० र २७–४० स्परमा कटान गर्न शुरु गरेको छ । स्पर मध्ये २६–८८ नंम्बरमा बराहक्षेत्रबाट आउने नदीको बहाव सिधै ठोक्कीएपछि अली बढी कटान भइरहेको प्रकाशपुरका रेडक्रसकर्मी रबिन घिमिरेले जानकारी दिए ।

पहाडी जिल्लाहरुमा बर्षात भइरहेको कारण कोशीमा पानीको सतह बढ्ने गर्छ । तर पानी बढेपछि मापन गर्ने सयंन्त्र चुस्त दुरुस्त नहुदा समस्या हुने गरेको छ । कति पानी हुँदा कोशीमा खतरा बढ्ने र खतरा मुक्त हुने भन्ने बिषयको मापन ब्यारेजलाई मात्र आधार मान्दा देशभरका निकायहरु कोशीलाई चिन्ताको रुपमा लिने गरिन्छ ।

कोशी ब्यारेज भन्दा पनि महोत्वपूर्ण बराहक्षेत्रको मापनले मात्र कोशी नदीमा कतिको खतरा छ भन्ने यकिन बिवरण दिने रेडक्रसकमी घिमिरे बताउछन् । प्राय सुरक्षा निकायले कोशी ब्यारेजको मापनलाई आधार मानेर जोखिमको अनुमान गर्ने गरिएको छ । तर जोखिमको मापन बराक्षेत्रको बहावले गर्ने भएकाले जोखिमको पूर्ण विवरण यसैबाट लिन सक्ने घिमिरे बताउछन ।

आज ११ बजेसम्म ४.४४ मिटर पानीको सतह मापन गरिएको उनले बताए । तर अपराहन्न ४ बजेको मापनमा पानी घटेर ३.३४ मिटर पुगेको छ ।
‘कोशी नदीमा ५.६० मिटर कटेपछि चेतावनीको रुपमा लिइन्छ,’ घिमिरेले भने ‘६.८० कटेपछि मात्र खतराको रुपमा कोशीलाई लिनुपर्छ’ ।
अहिलेको मापनलाई हेर्ने हो भने खासै चिन्ता लिन आबश्यक नभएको उनि बताउछन ।

‘तर केही स्परमा कटान शुरु गरेको छ,’ उनले भने ‘भारतिय पक्षले कटान भएको स्थानमा तटबन्धनको काम २४ घण्टा गर्ने गरेका छन्’ ।
घिमिरे कोशी नदीको मापन ब्यारेज लेभललाई मात्र नलिन सुझाप दिन्छन् । प्राबिधिक कुरा भएकाले बुझ्न अलि असजिलो भएको घिमिरे भन्छन ।

कोशी नदीमा पानीको बहावको मापन नेपाली र भारतिय दुवै पक्षले गर्ने गरेका छन । जसमा भारतिय पक्षले घण्टा घण्टामा रेकर्ड राख्ने गरेको छ भने नेपालीले दुईदुई घण्टामा । तर नेपाली पक्षले गर्ने पानीको मापन बेला बेला गलत भएर चेतावनीको साईरन बज्ने र रातो झण्डा राख्ने कार्य भइरहेको रेडक्रसकर्मी घिमिरेको बुझाई छ । मापन सहि नगर्दा समाचारमा अनेकन कुरा आउदा कोशी आसपासका स्थानियहरु त्रासित हुने गरेका छन ।

मापनको डिस्प्ले बिग्रदा सास्ती

कोशी नदीमा पानीको बहाव कति छ भन्ने जानकारी प्रदान गर्ने उदेश्यले राखिएको डिस्प्ले बिग्रदा कोशी नदी आसपासका स्थानिय तथा प्रशासन अनभिज्ञ हुने गरेका छन ।

प्रकाशपुर बजार र जिल्ला प्रशासन कार्यालय सुनसरीमा राखिएको डिजिटल डिस्प्ले बर्षात हुने महिनादेखि अपडेट गर्नु पर्ने हुन्छ । तर डिस्प्ले बिग्रिएको बषौ भयो । स्थानिय एवम रेडक्रमकर्मी रबिन घिमिरे भन्छन पानीको बहावको सुचना लिन भारतियको मुख ताक्नु पर्ने अबस्था छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया