धरान / नेपाल फुटबल संघ (एन्फा) सुनसरीले सुनसरीमा रहेका विद्यार्थीहरुलाई सहभागि गराई विद्यालय स्तरीय प्रतियोगताको आयोजना गरेको छ । असार १६ देखि २३ गते सञ्चालन भएको प्रतियोगितामा सुनसरीको धरान, इटहरी र इनरुवाका विभिन्न विद्यालयका १८ टिमले प्रतिष्पर्धा गरिरहेका छन् ।
एन्फा एकाडेमको खेल मैदानमा शुरु भएको प्रतियोगिताको मुख्य उद्देश्य विद्यालय स्तरबाट नै फुटबल खेलको विकास गर्ने रहेको एन्फा सुनसरीका उपाध्यक्ष एवम् जिल्ला स्तरीय फुटबल प्रतियोगिताको संयोजक नविन राईले बताउनुभयो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय मानार्थ उपाध्यक्ष किशोर राईले शनिवार उद्घाटन गर्नु भएको प्रतियोगितामा विजेता बन्ने टिमले १० हजार र उपविजेताले ५ हजारसहित ट्रफी र प्रमाणपत्र हात पार्ने छन् ।