होटल म्यानेजमेन्ट पढ्नका लागी युएन कलेजको बिकल्प छैन : डम्बर कुमार तुम्बापो

डम्बर कुमार तुम्बापो (क्याम्पस प्रमुख युएन कलेज )

सुनसरीको धरानमा स्थापित कलेजहरुमध्ये युएन कलेज अग्रणी कलेजका रुपमा रहेको छ । पुर्बाञ्चलमा नै पहिलोपटक त्रिभुवन बिश्व बिद्यालयबाट सम्बन्धन प्राप्त बिएचएम पठाई हुने सो कलेजले बिषेषगरी ब्यबस्थापन र होटल म्यानेजमेन्टका बिषयहरु पढाउने गरेको छ ।
धरानमा बिज्ञान बिषयको पढाई हुने कलेजहरुमा गुणस्तरीयता नभएको र १२ कक्षासम्म बिज्ञान बिषय पढेपनि त्यसपछि बिद्यार्थीले बिज्ञान बिषय छोडेर सामान्य बिषय पढने गरेका कारण शैक्षिकस्तर बृद्धि गर्ने हेतुका साथ बिज्ञान बिषय समेत अध्यापन गराउने तयारीमा कलेज जुटेको छ ।

युएन,कलेज,नवोदय उच्च मावि र नवोदय स्कुल सञ्चालन गरिरहेको सो कलेजले बि.स २०६९ सालमा १२ कक्षा शुरु गरेको थियो । सो उच्च माविबाट आधा दर्जन बढी बिद्यार्थीहरुले पुर्बाञ्चल प्रथम,द्धितिय र तृतिय भएर बिद्यालयको गरिमालाई उच्च बनाएका छन । कलेजको समग्र बिषयमा केन्द्रित रहेर क्याम्पस प्रमुख तुम्बापो सँग गरिएको भिडियो कुराकानी :

तपाईको प्रतिक्रिया