दुर्घन्धित बन्दै धरानस्थित बीपी प्रतिष्ठानको मर्चरी (शव घर)

धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी (शव घर) दिन प्रतिदिन दुर्घन्धित बन्दै गएको छ । प्रतिष्ठानमा उपचारमा आएका विरामीको मृत्यु हुदा मात्र हैन पूर्वको कुनै पनि ठाउमा घट्ना वा दुर्घटना हुदा पोष्टपार्टमका लागि प्रहरीले यही शव गृहमा पठाउने गरेका कारण क्षमता भन्दा बढी शव आउने गरेकाले पनि दुर्घन्धित हुने गरेको हो ।

यस शव गृहमा एक पटकमा आठ वटा मात्र शव राख्न सकिन्छ तर यहा त्यसको तेब्बरसम्म शव व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको प्रतिष्ठानको शव घरमा कार्यरत कर्मचारीको भनाई छ ।

नाम पहिचान नखुलेका वेवारिसे शवका कारण पनि मर्चरी (शव घर)मा राख्ने ठाउ नहुदा दुर्घन्धित हुने गरेको शव वाहन चालकको भनाई छ । व्यवस्थित ढंगले प्रतिष्ठानले सञ्चालन नगरेकै र प्रतिष्ठानले सरसफाईमा ध्यान नदिएकै कारण शव लिएर आउदा नाक थुनेर बस्नुपर्ने अवस्था भएको धरान १७ का स्वर्गीय सावित्री स्मृति प्रतिष्ठानको शव वाहन चालक. सुमन भट्राईले बताउनुभयो ।

त्यसो त कर्मचारीहरुले पनि सरसफाईमा प्रयाप्त सामाग्री प्रतिष्ठानले उपलब्ध नगराएकै कारण समस्या आएको बताउछन् । प्रतिष्ठानको शव घरमा कार्यरत हेल्पर रामप्रसाद.राउतले सरसफाइका लागि चाहिने आवश्यक सामाग्र िप्रतिष्ठानले प्रर्याप्त रुपमा नदिकै कारण दुर्घन्धित बनेको बताउनुभयो ।

बषौ अगाडि हत्या गरेर प्रहरीले फेला परेको शव समेत पोष्टमार्टमका लागि प्रतिष्ठानको मर्चरीमा नै ल्याउने गरेका शवहरु पहिल्यै नै कीरा लागिसकेका हुने गरेका कारण शव घर दुर्घन्धित बनेको अर्का कर्मचारी जयप्रकाश उराउले बताउनुभयो ।

प्रतिष्ठानको मर्चरीमा आठ वटा शव राख्ने कोल्ड चेम्बर रहेको छ । दैनिक १० देखि १५ वटा शव राख्नुपर्ने बाध्यता भएको शव गृहमा शव ल्याउने गरिएको छ । क्षमताभन्दा बढी शव आएकै कारण भुईमा राख्नुपर्ने बाध्यता छ । जसका कारण प्रतिष्ठान नै दुर्घन्धित हुने गरेको छ । शव घर दुर्घन्धित भएकै कारण प्रतिष्ठानमा उपचारका लागि आएका विरामी तथा विरामीका आफनतहरु नाक थुनेर हिड्नुपर्ने बाध्यता छ । प्रतिष्ठानले बेलैमा यसको समाधानमा ध्यान दिन जरुरी छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

सरकारले स्पष्ट नीति नल्याउदा पोषण विज्ञानमा अध्ययनरत विद्यार्थी वेरोजगार भएकाे गुनासो

मृगौला पीडित ज्ञानबहादुरलाई आर्थिक सहयोग प्रदान

धरानमा संविधान दिवस हर्षोल्लासका साथ मनाइयाे

धरानमा सिस्नो टिप्दै गरेकी वृद्ध महिलामाथि आक्रमण

भौगालिक दृष्टिकोणले विकट धरानको विष्णुपादुका बालमैत्री घोषणा

बालमैत्री घोषणासंगै धरान १४ मा बालबालिकाको सक्रियता बढ्यो

धरानमा प्रस्तुतिगृह अस्तव्यस्त, एउटै बेडमा दुईदेखि तीन जनासम्म पचार गराउन बाध्य

बीपीका चिकित्सक संसारकै उत्कृष्ट : राजदुत पुरी

समाजमा भएको महिला हिंसा, लागू औषध विक्री वितरणका विरुद्ध भूमिपथ टोलसुधार समिति

सुनसरीमा बलात्कारकाे घटना बड्दाे, बोर्डिङ्ग स्कुलका प्रिन्सिपल समेत बलात्कारमा संलग्न

तपाईको प्रतिक्रिया