बिश्वकपमा नेपाली झण्डा फहराउने युवा भन्छन् : नेपाल कै हुटिङ गरियो

इटहरी । बिश्वकप फुटबलको महासंग्राम यति बेला हर कोही नेपाली बिच छाँएको छ । आ–आफ्नो देशको समर्थन गर्नेहरु टेलिभिजन हेरेर बिश्वकपको मञ्जा लिइरहेका छन् । तर बिराटनगरका एक युवाले बिश्वकप खेल हुने स्टेडियम बिच मै नेपाली झण्डा फहराएका छन् ।

बिराटनगरका संञ्चार उद्यमी दिवस सुवेदीले नेपालको पहिचान स्वरुप हजारौ दर्शक बिचबाट नेपालको चन्द्र सुर्य अकिंत झण्डा फहराएका हुन ।

बिश्वकप आयोजना गर्ने देश रसियामा रहेर प्रत्यक्ष आँखा अगाडी खेल हेर्दा आफ्नो देशलाई पल पल सम्झीरहेका यति बेला सुवेदी । बिश्वका ३२ राष्ट्र सहभागी बिश्वकपमा सहभागी हुन बिराटनगरबाट रसिया पुगेका सुवेदीलाई ब्राजिल र स्विजरल्याण्डको खेलमा दुवै देशको ‘हुटिङ’ गर्ने भन्दा पनि मुखमा ‘नेपाल–नेपाल’ शब्द निस्कियो ।

‘स्वदेशमा बिश्वकप हेर्दा मन परेको देशको नाम लिदै कराईन्थ्यो, समर्थन गरिन्थ्यो,’ उनले भने ‘तर बिश्वकप आँखा अगाडी भईरहदा आफनो देशको नाम मात्र फुत्त आउदो रहेछ’ ।

‘आफ्नो देशको माया कति धेरै हुदो रहेछ भन्ने आभास बिश्वका महाराष्ट्रको झण्डा बिचमा रहेर महसुस भयो’ । सुवेदीले नेपालको राष्ट्रिय झण्डा (लुझिनिकी स्टेडियम)मा फहराउदा उनि सगै नेपालबाट गएका ९ जना नेपालीको शान सर्वेच्च सगरमाथा जतिकै उच्च बनेको थियो ।

सुवेदी भन्छन् ‘रसिया पुगेपछि अरु देशको जर्सी समेत लगाउन मन लागेन’ । ‘राष्ट्रिय झण्डा बोकेर हिडेपछि त्यसको छुटै शान र महसुस भयो’ उनि भन्छन् ।

‘नेपाली झण्डाप्रति सबैको आकर्षण रह्यो,’ उनले भने ‘फुटबल हेर्न आउने बिभिन्न देशका खेलप्रेमीहरुले हाम्रो झण्डासँग फोटो खिचाए’ । ‘यो क्षण गर्व लायक थियो’ ।

बिश्वकपमा नेपाल सहभागी हुन नसकेपनि नेपालको झण्डा फहराउने ठुलो इच्छा पुरा गरेको सुवेदी बताउछन ।

‘स्टेडियममा हाम्रो झण्डा सान थियो’ उनले भने ‘पाँचऔ हजारका बिच नेपाल नेपाल भनेर कराउने तागत पनि’ । अन्य देशको भन्दा नेपालको झण्डा दुई त्रिकोण आकार भएर पनि सबैको आँखा झण्डामा केन्द्रित भएको उनले बताए ।

‘नेपालमा यहाँहरुलाई स्वागत छ भनेर बिदेशी दर्शक धेरैलाई भन्यौ, सुवेदीले भने ‘यसले नेपालको पर्यटन प्रबद्र्धनमा राम्रो प्रभाव पर्नेछ’ ।

सुवेदी १५ बर्षदेखि फुटबल खेलको ठुलो फ्यान हुन । सबै खेलाडीको पहिचान उनलाई छ र त उनि इङ्ल्यान्डका फ्यान हुन । सुवेदी मकालु टेलिभिजनका प्रबन्ध निर्देशक हुन । सुवेदी टेलिभिजनको टिम सहित यति बेला रसियामा छन् ।

तस्विरहरु उनकै फेसबुकबाट ।

Purbeli TV

तपाईको प्रतिक्रिया