स्टार खेलाडीहरूले भरिएको बेल्जियमले आज विश्वकपको नवप्रवेशी पानामाको सामना गर्दै

]रसिया विश्वकपको सुरुवात गर्नेछ । बेल्जियम र पनामा बीचको खेल सोची स्थित फिस्ट स्टेडियममा नेपाली समय अनुसार राति ८ः४५ बजेपछि सुरु हुनेछ । इतिहासकै स्वर्णिम टोली बनेको बेल्जियमसँग अहिले टोलीसँग इडेन हजार्ड, रोमेलु लुकाकु, केभिन डि ब्रुयन र थिवाउट कोर्टियस जस्ता प्रतिभाशाली खेलाडीहरूको साथ छ ।

‘डार्क हर्स’को उपनाम पाएको बेल्जियम निकै राम्रो लयमा देखिएको छ । स्टार खेलाडीर राम्रो खेल पस्कँदै आएको बेल्जियमलाई अभागी टोलीका रुपमा चित्रण गरिन्छ । यद्यपि यो विश्वकपमा उसले उत्कृष्ट प्रदर्शन गर्ने र उपाधि दावेदारलाई निराश बनाउने विश्लेषण समेत भइरहेका छन् ।

फिफा विश्व वरियताको तेस्रो स्थानमा रहेको बेल्जियम र ५५ औं स्थानको पानामा पहिलो पटक आमने सामुने हुन लागेका हुन् । यता विश्वकपमा पहिलो पटक सहभागिता जनाएको पनामा बेल्जियम विरुद्धको खेल इतिहास बनाउने लक्ष्यसहित मैदान उत्रनेछ । कप्तान इडेन हजार्डसँगै रोमेलु लुकाकु र केभिनडि ब्रुयनको अहिलेको लय हेर्दा पानामाको डिन्फेन्सले निकै मेहेनत गर्नु पर्ने देखिन्छ । पानामाले क्याप्टेन रोमन टोरेसबाट ठूलोअ पेक्षा गरेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया