मुल्य बृद्धिको बिरोधमा इटहरीमा ओलीको पुत्ला दहन (फाेटाे फिचर सहित)

इटहरी / मुल्य बृद्धिको बिरुद्धमा नेपाल विद्यार्थी संघ सुनसरीले प्रधानमन्त्री केपी शर्मा आलीको पुत्ला दहन गरेका छन् । काग्रेस नगर पार्टी कार्यालयबाट निस्किएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्न खोज्दा केही बेर घम्साघम्सी समेत भएको थियो । ओली पुत्ला जलाउने क्रममा प्रहरी र नेबिसंघका कार्यकर्ता बिच घम्साघम्सी भएको हो ।

महगीं अत्याधिक भएको भन्दै नेबिसंघले सरकार बिरुद्ध चर्काे नाराबाजी गरेका थिए । विद्यार्थीले नाराबाजी गर्दै इटहरी नगर परीक्रमा गरेको थिए । कार्यक्रमलाई नेबिसंघका केन्द्रिय उपाध्यक्ष बिकास केसी तथा सुनसरी सभापती मन्दिप भट्राईले सम्बोधन गरेका थिए । तत्काल मुल्य बृद्धि सरकारले फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया