बिश्वकप फुटबलको पुर्वसन्ध्यामा मेयर मेहताको फुटबल मोह (भिडियाे सहित)

ईनरुवा । आज बिहिबार रातिदेखि रसियामा बिश्वकप फुटबल शुरु हुँदैछ । बिश्वकप फुटबलको पुर्बसन्ध्यामा सुनसरीको ईनरुवाका नगर प्रमुख राजन मेहता भने फुटबले खेलको बिकासका लागी जर्सी नै लगाएर नगरका बिभिन्न भागमा हुने प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई प्रोत्साहन गर्न जुटेका छन ।

बिश्वकप फुटबलको पुर्वसन्धयामा बिहिबार ईनरुवा पुग्दा उनी जर्सीमै भेटिए । उनलाई बिश्वकप र जर्सीका बारेमा प्रश्न गर्दा आफु जर्मनीको प्रशंषक भएपनि जर्सी चाँहि नेपालको लगाएको बताए । नेपालले बिश्वकप खेल्न नपाएपनि आफनो देशप्रतिको मोह र फुटबल प्रतिको मोह पुरा गर्न जर्सी लगाएको बताए । उनले आफनो निबासमै पनि सर्बसाधारणका लागी बिश्वकप हेर्ने ब्यबस्था गरेका रहेछन ।

प्रायजसो अधिकांश नगरका प्रमुखहरु भन्दा भिन्न रुपमा उनले फुटबल प्रतिको मोह देखाएको देख्दा र ईनरुवाको खेलकुद क्षेत्रलाई संरक्षण गरेको देख्दा आफुहरुलाई समेत खुसी लाग्ने गरेको इनरुवाका एक फुटबल खेलाडीले बताए । नगरप्रमुख बन्नुअघि खेलाडीका रुपमा परिचय बनाएका मेहताले इनरुवाको खेल क्षेत्रलाई अगाडी बढाउन बिषेश योजना समेत ल्याएका छन ।

यस क्षेत्रको प्रतिनिधित्व गर्दै बिभिन्न खेलकुदमा सहभागीता जनाउने खेलाडीलाई उनले बिशेष प्याकेजकै रुपमा सहयोग घोषणा गरेका छन । खेलमैदान निर्माण,पुर्वाधार निर्माण लगायतमा उनले निक्कै ठुलो बजेट समेत छुटयाएका छन । उनले यस क्षेत्रका खेलाडीहरुको हक हित र संरक्षणका लागी आफु कुनै कसुर बाँकी नराख्ने समेत बताउँछन ।

Purbeli TV

तपाईको प्रतिक्रिया