डिएसपी श्रेष्ठ भन्छन् : ‘प्रभावकारी अपराध नियन्त्रण आफनो लक्ष्य’

इटहरी / गुण्डागर्दी, लागुऔषध, चोरी, बलात्कार र मानव बेचबिखन इटहरीको प्रमुख सुरक्षा चुनौति भएको डिएसपी शिवकुमार श्रेष्ठले बताएका छन । इटहरी भित्र हुने यस्ता अपराध नियन्त्रणको लागी बिशेष पुलिसिङ प्रयोग भएको बताउदै नागरिक स्तरबाट पनि प्रहरीलाई सहयोग गर्नु पर्ने बताए ।

इटहरीका संञ्चारकर्मी बिच परिचय कार्यक्रममा बोल्दै श्रेष्ठले इटहरी ‘क्राईम रेट हाई’ हुने शहर भएको बताए । शहरलाई सुरक्षित राख्नको लागी सबैको सहकार्य अत्यन्त बढी आबश्यक हुने उनको भनाई छ ।

इटहरीको सुरक्षा योजना भन्दा पनि शहर भित्र देखिएका चुनौतिलाई प्रमुख प्राथमिक्तामा राखेर प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धानद्धारा समाजमा शान्ति स्थापना गर्ने आफनो मुख्य लक्ष्य भएको श्रेष्ठले बताए ।

इटहरीमा आफु आएपछि ५५ वटा मुद्धामा ८४ जनालाई आबश्यक कारबार्ही गरेको श्रेष्ठले जानकारी दिए । जसमा लागुऔषध कारोबारी, मानव बेचबिखनमा संलग्न, चोरीमा संलग्न र अन्य सार्वजनिक अपराध गर्नेहरु छन । लागुऔषध कारोबारमा युवा सँगसगै जेष्ठ नागरिकको समेत संलग्नता देखिएको बताउदै डिएसपी श्रेष्ठले आगुऔषध बिरुद्ध मिशन जारी राख्ने बताए ।

इटहरीका बिभिन्न स्थानमा चोरी गर्ने १० जनामाथि पनि अनुसन्धान चलिरहेको श्रेष्ठले जानकारी दिए । साथै प्रहरीको उपस्थिति चौक र सडक केन्द्रित भन्दा पनि अब टोल टोलमा हुने बताए ।

इटहरीमा चलिरहेको बेश्यबृति न्यूनिकरणको लागी पनि प्रभावकारी योजना बनाउने श्रेष्ठको योजना छ ।

डिएसपी श्रेष्ठले ‘स्मार्ट सेक्युरिटी’ अवधारणा अन्तर्गत चौकको चार कुनामा आधुनिक सिसिटिभी क्यामेरा जडानको लागी उवासंघ लगायत अन्य संस्थाहरु बिच सहकार्य अघि बढाएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया