इटहरीबाट टर्की नागरिक सहित ८ पक्राउ

इटहरी । गैरकानुनी रुपमा टर्की देश लैजाने भन्दै अन्तरवार्ता लिई रहेको अवस्थामा प्रहरीले विदेशी नागरिक सहित ८ लाई इटहरीबाट पक्राउ गरेको छ । काठमाडौमा रहेको मास्टर जव मेनपावरले वैदेशिक रोजगार विभागबाट अन्तरवार्ताको अनुमति नलिई १४० जनाको अन्तरवार्ता लिइरहेको स्थानबाट टर्की नागरिक एडम ओचन सहित अन्यलाई इटहरी प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका अन्य मेनपावरका कर्मचारी रहेको बताइएको छ । प्रहरीले उनिहरुको साथबाट ६३ बटा पासपोर्ट समेत बरामद गरेको छ ।इटहरी ९ स्थित सेन्टर क्यापिटल ट्रेनिङको हल दुई दिनको लागि भाडामा लिएर अन्तरवार्ता लिइ रहेको अबस्थामा प्रहरीले छापा मारेको थियो । पक्राउ पर्ने टर्की नागरिक एडम १५ दिने टुरिस्ट भिसामा नेपाल आएका थिए ।

मेनपावरले प्रतिव्यक्ति ३ देखि ५ लाखसम्म लिएर टर्की लैजाने भन्दै अन्तरवार्ता लिएको इटहरीका डिएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए । पक्राउ परेका सबैलाई वैदेशिक रोजगार विभागमा पठाएको श्रेष्ठले बताए ।

Purbeli TV

तपाईको प्रतिक्रिया