सांसद सयर्माराज राई भन्छन – सुकुम्बासीलाई राजनीति गरेर खानेभाँडो बनाइयो

मोरङ । राजनीति गरेर खानेभाँडो बनाइएको र अबको निर्वाचनमा कसैले पनि सुकुम्बासी समस्यालाई समाधान गर्छु भनेर आउने वातावरण नै नराखिने सांसद सुयर्माराज राइले दाबी गरेका छन । लामो समय देखि समस्याका रुपमा रहेको र जितेर जाने नेताहरुले पनि आज सम्म कुनै सुनुवाइ नगरेको गुनासो सुकुम्बासीहरुले गरेपछि साँसद राईले यस्तो प्रतिबद्धता गरेका हुन । मोरङको पथरी शनिश्चरे ७ किराती चोकमा सुकुम्बासी समस्याका विषयमा वृहत सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरी प्रदेश नं. १ का प्रदेश सांसदहरुलाई उपस्थीत गराइ सुकुम्बासी तथा दोहोरो स्वामित्वको समस्याका बारेमा अन्तरक्रिया सहितको कार्यक्रममा राईले सुकुम्बासी समस्या हल गर्न आफु डटेर लाग्ने समेत बताए ।

नयाँ संरचना अनुसार नीति निर्माण काम भइरहेका कारण सहकार्यमा अगाडी वढ्ने सांसद कृष्ण कुमारी राइले बताईन । नगरको तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको मेयर दिलिप कुमार राइले प्रतिबद्धता जनाए । कार्यक्रममा प्रदेश नं. १ का प्रदेश सांसद सुयर्माराज राई, कृष्ण कुमारी राई, शेखर चन्द्र थापा, लोकप्रसाद संग्रौला, पथरीशनिश्चरे नगर मेयर दिलिप कुमार राई र सुकुम्बासी समस्या समाधान पहल समिति अध्यक्ष जहरमान लिम्बू लगायतको उपस्थीति रहेको थियो ।

सयौँको संख्यामा उपस्थीत स्थानियहरुले वर्सौँ देखिको सुकुम्बासी समस्यालाई समाधान गर्न भइरहेका पहलका विषयमा अतिथिहरुसंग प्रश्न राखेका थिए । अतिथिहरुले पालैँपालो प्रश्नको जवाफ दिएका थिए । सरकारले नीति निर्माण गरिरहेको र ३ वटै तहसंग समन्वय गरेर १ वर्ष भित्रमा समस्या समाधान गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया