प्रहरीलाई हराउदै फ्यान क्लव धरान फाईनल प्रबेश

पथरी / माेरङकाे पथरीशनिश्चरेमा जारी तेस्रो किर्तिपुर गोल्डकपमा दङगा प्रहरी पकलिलाई २ बिरुद्ध ४ गाेल गर्दै धरान फ्यान क्लव सुनसरी विजयी भएकाे छ । खेलमा दङगा प्रहरीले खेलकाे ६ मिनेटमै अग्रता लिए पनि खेल जित्न सकेन । दङगाका बिक्रम राईले खेलकाे ६ मिनेटमा गाेल गर्दै खाता खाेलेकाे थियाे । खेलमा दङगाकाे तालमेल मिल्न नसक्दा धरानका बर्तमान राईले १४ अाै मिनेटमा गाेल गर्दै खेल बरावरीमा पुर्याए भने खलकाे १८ अाै मिनेटमा खगेन्द्र खड्काले अर्काे गाेल गर्दै खेलमा १ गाेलकाे अग्रता दिलाएका थिए । तर धरानकाे अग्रता २ मिनेट टिक्न नपाउदै दङगाका क्याप्टेन डिकम्यान लिम्बुले गाेल गर्दै खेल बराबरीमा पुर्याए । निकै प्रतिस्प्रदात्मक खेलमा दङगाका गाेल किपरकाे कम्जाेरीकाे फाईदा उठाउदै धरानका मिलन राईले गाेल गर्दै खेल २/३ काे अग्रतामा पुर्याए ।

पहिलाे हाफमा २/३ काे अग्रता रहेकाे धरानकाे लागी दाेस्राे हाफकाे ४ मिनेटमा दङगाका बिकास बिकले अात्मा घाती गाेल गरे पछी भने धरान २ गाेलकाे अग्रता बनायाे । दाेस्राे हाफ पछिकाे खेलमा निकै दवावमा राखेकाे धरानले खेल २ का बिरुद्ध ४ गाेल गर्दै विजय भएकाे छ । खेलकाे म्यान अफ द म्याच धरान फेन क्लवका बर्तमान राई घाेघित हुँदै नगद १५०० प्राप्त गरे ।

भाेलिकाे दाेस्राे सेमिफाईनल खेल न्यू स्टार क्लव अायाेजकका बिरुद एकता फुटवल क्लवका बिच हुने अायाेजकले बताएकाे छ । प्रतियोगिताको फाइनल खेल असार १ गते शुक्रवार हुने छ । प्रतियोगीताको विजेताले १ लाख रुपयाँ र उपविजेताले ५० हजार रुपयाँ ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पर्यटक लोभ्याउदै पथरीशनिश्चरे स्थित मनकामना समुदायीक वन

१० हजारको चेकबाट १ लाख १० हजार रकम निकालेपछी…

अपडेट : बिद्यालयको खानेपानी टयांकीमा बिष : २९ बिद्यार्थी बिरामी, ४ गम्भिर (भिडियाे सहित)

खानेपानी टयांकीमा बिष प्रकरण : २९ बिद्यार्थी बिरामी, २ गम्भिर (तस्विरहरू सहित)

उर्लाबारी रनको उपाधि दीपक र र्सिजनालाई

समाचार प्रभाव : कोरियामा मृत्यू भएकाे ३२ दिनपछि बल्ल पाए विष्टकाे परिवारले शव

अपडेट : पथरी बिद्यार्थी बस दुर्घटना ( १८ तस्विर तथा भिडियाे सहित )

४० जना बिद्यार्थी बोकेको बस पथरीमा दुर्घटना, २ गम्भिर (तस्विरहरू सहित)

कालोपत्रेका नाममा चरम भ्रष्टचार, ४ दिनमै उप्कियो सडक

टिफर कुद्ने बाटाेमा जनताले राेपे धान (तस्विरहरू सहित)

तपाईको प्रतिक्रिया