कांग्रेसलाई फसाउने हरकोहीको हिसाब हुन्छ : गच्छदार

इटहरी / प्रतिपक्षी दल काग्रेसका नेता विजय कुमार गच्छदारले काग्रेसका कार्यकर्ता फसाउने हरकोहीको हिसाब हुने चेतावनी दिएका छन । देशका बिभिन्न स्थानमा कम्युनिष्ट शासकहरुले काग्रेसका नेता तथा कार्यकर्तालाई झुटा मुद्धा लगाएर फसाउन खोजेको भन्दै समय आएपछि सबैको हिसाब ‘क्लियर’ गर्ने बताए । इटहरीमा संञ्चारकर्मीसँग कुरा गदै गच्छदारले कम्युनिष्टले काग्रेसलाई कमजोर बनाउने सोच सिर्फ दिवा सपना भएको बताए ।

बहुमतिय शंतिको दम्भले उन्मात भएको केपी ओलीको सरकार तानाशाहीको रुपमा बद्लिएको गच्छदारको दाबी छ । प्रजातन्त्र, संसदिय मुल्यमान्यता अनि कानुनलाई मासेर सरकार चल्न थालेको बताउदै नेता गच्छदारले प्रतिपक्षीको बलियो बिरोध र आन्दोलन अब थेग्न सरकारलाई चेतावनी दिए ।

प्रतिपक्षी दल काग्रेस कमजोर छ भनेर नसोच्न पनि उनले सरकारलाई आग्रह गरे । बिभिन्न स्थानका नेता तथा कार्यकर्तालाई योजनाबद्ध रुपमा फसाउने प्रशासक तथा ‘प्रहरी अफिसर’ को नाम लिष्ट काग्रेसले तयार पारेको समेत बताए । तरुण दल सुनसरी सभापति सिजन गुरुङलाई १५ दिन सम्म बिना कारण इटहरी प्रहरीले हिरासतमा राखेर यातना दिएको बिषय काग्रेसले गम्भीर रुपमा लिने गच्छदारको भनाई छ ।

साथै सिजनलाई फेरी पनि तह लगाईदिन्छु भन्ने प्रहरी अफिसर आफै एक दिन नराम्रो तरिकाले तह लाग्ने उनले चेतावनी दिए ।
सरकारले अझै पनि उस्तै व्यवहार देखाए संसद अबरुद्ध बनाउने र सडक तताउने जस्ता कार्यक्रम बाध्य भएर सार्वजनिक गर्ने गच्छदारको भनाई छ ।

काग्रेस इटहरी नगर समितिका नेता तथा कार्यकर्तालाई पनि संम्बोधन गदै सरकारको गलत कामको बिरोध गर्न सदैव तयार रहन गच्छदारले निर्देशन समेत दिएका थिए >

तपाईको प्रतिक्रिया