धरान तथा भेडेटारमा फस्टाउँदै यौन-व्यवसाय

धरान / धरानमा यौन व्यवसाय फस्टाएको पाइएको छ । अहिले सुनसरको धरान र धनकुटाको भेडेटार आपसासका केही होटलमा लुकीछिपी यौन व्यवसाय फस्टाएको पाइएको प्रहरीले जनाएको छ ।  धरान प्रहरीले यस आपसमा रहेका होटलबाट १५ दिनको अवधिमा यौन सम्पर्क गर्दै गर्दाको अवस्थामा ७ जोडीलाई रंगेहात प्रक्राउ गरी कारबाही अगाडि बढाएको जनाएको छ । प्रक्राउ परेका सबैलाई यस क्षेत्रमा रहेको डुकु होटलबाट प्रक्राउ गरेको जनाएको छ ।

पछिल्लोसमयमा अर्थात तीन दिन अगाडि समेत प्रहरीले डुकुमा छापा मार्दा यौन सम्पर्क गर्दै गर्दा दुई जोडी फेला पारे पनि दुई युवक भने होटलबाटै भाग्न सफल भएको र युवतीलाई भने अहिले इलाका प्रहरी कार्यालय धरानमा राखिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो ।

होटलमा यसरी बारम्बार जोडी भेटिएपनि प्रहरीले डुकु होटलका सञ्चालकलाई चेतावनी दिएर कागज गराएर छाडिदिएको छ । यस क्षेत्रका अधिकांश होटलमा यौन व्यवसाय पाइएकोले अब धरान प्रहरीले कडाइ गर्ने डिएसपी खतिवडाको भनाई छ । यौन व्यवसायमा अधिकांश छोडपत्र गरेर बसेका श्रीमान तथा श्रीमति, वैदेशिक रोजगारमा गएका श्रीमान अथवा श्रीमतिमात्र हैन कलेजमा पढ्ने युवा युवतीहरु समेत संलग्न रहेको पाइएको उहाको भनाई छ ।

कतिपयले भने बच्चा साथमा लिएर आउने र परिवारको अभिनय गर्ने गरेको समेत पाइएको डिएसपी पौडेलको भनाई छ । प्रक्राउ परेका अधिकांशलाई सार्वजनिक मुद्दा लगाउने गरिएको र यौन व्यवसाय गर्ने होटलहरुलाई आइन्दा त्यसो नगर्न चेतावनी दिएर छाडिदिने गरिएको उहाको भनाई छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

जैविक विविधिता पार्क बनाउन जुटे धरानेहरु

असुरक्षासंगै लागू औषध ओसापसारका केन्द्रविन्दु, चोरी बढ्पछि पत्रङ्गबारीमा प्रहरी विट सञ्चालन

धरानको शक्तिपीठ दन्तकाली मन्दिरमा भक्तजनको भीड

मितेरी बैंककाे १३ औ बार्षिकोत्सवको अवसरमा अनाथ बालबालिालाई कपडा वितण

दशै नजिकिदै जादा धरानमा कालो बजारी बढ्यो

विकासको नाममा अवैध ढुंगा गिटी तथा बालुवा तस्करी

गोले तामाङहरूको प्रदेश भेला सम्पन्न

दशै बढेसंगै खसी बोकाको विक्री बढ्यो : कृषकले भाउ पाएनन् विचलियाको विगविगी

दशै, तिहार तथा छैठ पर्व शान्तिपूर्ण मनाउने अभियानमा जुटे श्यामचौकबासी

साहित्यिक यात्रामा नायिका सिम्खडा

तपाईको प्रतिक्रिया