उदघाटन खेलमा दङगा प्रहरी सुनसरी विजयी

मोरङ / मोरङको पथरीशनिश्चरे ७ किर्तिपुरमा तेस्रो किर्तिपुर गोल्डकप फुटवल प्रतियोगीता शुरू भएको छ । उदघाटन खेलमा सुनसरीको दङगा प्रहरी र झापाको दमक फुटवल क्वल आमने सामने भएका छन । सुनसरीको दङगा प्रहरीले ३ गोल गर्दै खेलको विजयी सुरुवात गरेको छ । पहिलो हाफको १६ र २९ मिनेटमा दङगाका वित्रम राईको पास लाई सदुपयोग गर्दै जर्सी न १७ का पुजन राईले गोल गरेका थिए ।

पहिलो हाफको ३२ औ मिनेटमा दङगाका तर्फवाट जर्सी न १८ का बिक्रम राईले थप गोल गर्दै विजयी यात्रा दर्विलो पारेका थिए भने दमक फुटवल क्लवका तर्फ वाट १ मात्र सान्तवना गोल जर्सी न ८ का शुसन कार्कीले गरेका थिए दोस्रो हाफको ३० औ मिनेटमा दङगाका अजय थापामगरको डिबक्स एरियामा हेन्ड वल भएपछि पाएको मौकाको सदुपयोग गर्दै कार्कीले पेनाल्टी मार्फत प्रहार गरेको वलले गोलको दिसा लिदा दमक फुटवल क्लव निल हुन वाट जोगिएको थियो ।
आजको पहिलो खेलको पहिलो म्यानअफ दि म्याच दङगाका पुजन राई घोषीत हुदै नगद १ हजार ५ सय रुपैया हात पारेका छन् ।

८ वटा फुटवल क्लव सहभागी प्रतियोगीताको विजेताले १ लाख रुपयाँ र ट्रफि जित्ने छ भने उपविजेताले ५० हजार रुपयाँ र ट्रफि जित्ने आयोजकका अध्यक्ष दिवस खजुमले जानकारी दिएका छन । पुर्वका चर्चित फुटवल क्लवहरुको सहभागीता रहने आयोजकले जनाएको छ प्रतियोगीता भर करिव १० हजार दर्शकले खेलको प्रत्यक्ष अवालोकन गर्ने अपेक्षा आयोजकले गरेको छ । भोलिको खेल जनजागृति फुटवल क्लव ईटहरी सुनसरी र आयोजकका विच हुने क्लवका अध्यक्ष दिवश लिम्वुले बताएका छन् ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पञ्चायतकाे दशैँ, तिहार र छैठ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मापदण्ड विपरित सञ्चालनमा रहेकाे स्वास्थ्य संस्था सिलबन्दी

पथरीशनिश्चरे खुला नकआउट फुटवल : लेटाङ फाईनल प्रवेश

मुसहर बस्ती भिलिमीली

बिध्यालय जोगाउन बाल क्लव र जनप्रतिनिधी जुट्दै

ब्लड क्यान्सर पिडित धड्कनलाई ने.का. को ७१ हजार सहयोग

दीर्घरोग संग जुधिरहेकाहरुलाई ४ लाख ३० हजारकाे उपचार सहयोग : लेटाङ नगरपालिका

सामुदायिक वनले ग-यो क्षमता अभिवृद्धि तालिम

नगरले बजेटमा मनोमानी गरेको भन्दै नगर पालिका घेराउ

थुनुवाहरुलाई पुस्तक वितरण

तपाईको प्रतिक्रिया