काँग्रेसका युवा नेता सिजन गुरुङ रिहा

इटहरी / तरुण दल सुनसरीका सभापति एवम युवा नेता सिजन गुरुङ रिहा भएका छन । उनलाई प्रहरीले सार्वजनिक अपराध अन्तर्गत मुद्धा दायर गरि इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखिएको थियो ।

जेठ ११ गते उनलाई जंग्गा बिवादमा प्रहरीले पक्राउ गरेको थियो । गुरुङलाई १५ दिनसम्म हिरासतमा राखिएको थियो । उनलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले ७ हजार धरौटीमा रिहा गरिएको हो । रिहा भएपछि गुरुङलाई पार्टीका नेताहरुले भव्य रुपमा स्वागत गरेका थिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया