पत्रकार सँग किन जंगिए उर्लाबारीका मेयर फागो ?

उर्लाबारी । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले जेठ २२ गते नगरपालिकाको हाताभित्र भएको घटनाको केही पत्रिका र पत्रकारले अतिरञ्जित तरिकाले समाचार प्रकाशन गरेको बताएका छन ।

पत्रकारले उपमेयरको किन बचाउ गरेका ? पत्रकार स्वतन्त्र हुनुपर्छ ! राजनितीक ढंग बाट चल्ने हो भने पत्रकारीता छोड्दा हुन्छ । सत्यताको गहिराईमा नै नपुगी ती पत्रिका र पत्रकारले हावादारी समाचार प्रकाशन गरेका छन भन्दै फागो पत्रकार सँग जंगिएका हुन । जेष्ठ २३ गते उर्लाबारीको एक सञ्चार माध्यायमले मेयरको बडिगार्डले सेवाग्राहीमाथि हातपात गरेको शीर्षकमा झूठो समाचार प्रकाशन गरेको भन्दै नगर प्रमुख फागोले यस्तो बताए ।

नगरपालिकाको न्यायिक समितिमा भएको वादी र प्रतिवादीबीच भएको वादविवादका क्रममा उनीहरुका आफन्तबीच सामान्य घटना भएको तर केही पत्रकारले सामान्य घटनालाई पहाड बनाएर पत्रिकामा अतिरञ्जित तरिकाले मेरो बदनाम गर्न राजनितीक तवरले समचार प्रकासन गरेको मेयरले बताए । संचार माध्यममा आएको जस्तो घटना नभएको उहाले बताउनुभयो । फागोले घटना भएको समयमा आफू कार्यालयमा नभएको तर उक्त समयमा नगर परिसरमा हात हाला हाल नभएको, पछि आफूले सो घटनाका बारेमा जानकारी पाएको र नगरिालिकामा भएको सिसी क्यामरामा त्यस्तो घटना नभएको मेयरले दाबि गरे । उनले सत्यतथ्य समाचार प्रकाशन गरी जनतालाई सू–सुचित गर्न समेत सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन ।

यसैबीच न्यायिक समितिका सदस्य निरोज तिम्सिनाले वादी र प्रतिवादीका आफन्तहरु बीच हात हालाहालतको स्थिति सिर्जना भएको र मेयरको बडिगार्डले सेवाग्राही माथी त्यस्तो ब्यवहार नगरेको बताएका छन । ‘वादी र प्रतिवादीको आफन्तबीच झगडा हुँदा नगरपालिकाकै एक सदस्यले माहोर शान्त पार्न अनुरोध गर्दा सुरक्षा गाडले छुट्टयाएको मात्र हो, हातपात गरेको होइन’, तिम्सिनाले भने ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

दर्ता गरेर सञ्चालन गरिएको क्रसर उद्योग कसरी अवैधानिक भयो ?’

बैज्ञानिक वन ब्यबस्थापनलाई नयाँ बिरुवा हुर्काउनै कठिन्

प्रहरीलाई हराउदै फ्यान क्लव धरान फाईनल प्रबेश

स्कुल स्कुलमा लागुऔषध सचेतना फैलाउदै एलाइभ

हिस्टानले बुझायाे नगर प्रमुखलाई ज्ञापनपत्र

उदघाटन खेलमा दङगा प्रहरी सुनसरी विजयी

पत्रकार सँग किन जंगिए उर्लाबारीका मेयर फागो ?

राजेशसँग झुम्यो पथरी

धरानका डिएसपी रामेश्वर पौडेलको दादागिरिबाट व्यवसायी आर्जित

दलित बिवाह गरेकै कारण यस्तो अपमान : काजकिरिया गरिदिने ब्राहमणलाई सम्मान

तपाईको प्रतिक्रिया