धरानका डिएसपी रामेश्वर पौडेलको दादागिरिबाट व्यवसायी आर्जित

पथरी । आफ्नो लेनदेनको कारोवार मिलाउन धरान गएको बेला पथरीशनिश्चरे सुनचाँदी व्यवसायी संघ संघका नगर अध्यक्ष नरेशकुमार विश्वकर्मा घतानी र छोरा सुशान्त घतानीलाई पक्राउ गरेर मुद्दा दर्ता गर्दै दुख दिएको भन्दै पिडितहरु आक्रोशित भएका छन । पथरीशनिश्चरे सुनचाँदी व्यवसायी संघ उक्त घटनाप्रति खेद व्यक्त गर्दै सो कार्यको निन्दा समेत गरेको छ । साथै ब्यावसायीले सरकारले दुख दिनुको सटा सहि नीति वनाउन माग समेत गरेको छ ।

पथरीशनिश्चरे सुन चाँदी नगर समिति मोरङको पथरीशनिशचरेमा पत्रकार सम्मेलनको आयोजना गरी डिएसपी रामेश्वर पौडेलको दादागिरिको भर्सना गरेको छ ।
सरकारले सुनव्यवसायको नीति नवनाएर अनाहकमा दुःख दिँदा परम्परादेखि चल्दै आएको व्यवसायलाई संकटमा पारेको आरोप लगाएका छन् । घतानीले जेठ २१ गते धरान १० मुनालपथका आफ्नो कारोवारका साहु प्रेम चोङ्वाङलाई ०७३ भदौ १० गते इटहरीस्थित फाइभ स्टार वुलियन्सबाट खरिद गरेको ५ सय ग्राम र बाँकी आफ्ना पुराना गरगहना जम्मा गरेर रिफाइन गराई ७ सय १२ ग्राम सुन बुझाउनु भएको थियो ।

चोङ्वाङले नै धरान २ को किसन बम्बैयाकोमा रिफाइन गर्न लगाएर आफुले पाउने रकम बराबरको सुन दिएर फर्कने क्रममा चोङवाङको घरबाट वाहिर निस्कदा उनिहरुलाई प्रहरीले सोधीखोजी गर्ने क्रममा उनीहरुको साथबाट ७ सय १२ ग्राम सुनको कुनै वील वा कागजपत्र नभएको भन्दै डिएसपी पौडेलले कानुनी कार्वाही अगाडि बढाएको सुनचादी ब्यावसायीको आरोप छ ।

सुनको गैरकानुनी व्यापार गरेको भन्दै डिएसपी पौडेलले घतानी बाबू छोरालाई दिन भरिनै डर र त्रास पदा गराएर विभिन्न कार्यलयमा बुझाउन लगेको तर कतै पनि उनिहरुलाई बुझ्न नमाने पछि पौडेलको नेतृत्वमा रहेको प्रहरी टोलीले उनिहरुलाई विराटनगर स्थित राजश्व अनुसन्धान कार्यालयमा सुन सहित बुझाएको थियो । यता डिएसपी पौडेलले उनिहरुलाई विराटनगर स्थित राजश्व अनुसन्धान कार्यालयमा सुन सहित बाबू छोरालाई बुझाएको बताएका छन ।

यसैवीच, पथरी उद्योग वाणिज्य संघले पनि एक विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष छानविन गरी घतानीलाई रिहाई गर्न र व्यवसायिलाई त्रास सिर्जना नगरी आफ्नो व्यवसाय गर्ने वातावरण वनाउन सम्बन्धित पक्षसँग माग गरेको छ । अध्यक्ष दीपक वस्नेत र महासचिव अशोककुमार राईले विज्ञप्ति जारी गर्दै त्यस्तो माग गरेका छन ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

स्वर्ण महोत्सवमा राष्ट्रपति आउने

पूर्वका यि शहरहरूमा द भ्वाइस अप नेपालको लाइभ कन्सर्ट

असल अभिभावक, शिक्षक र बिध्यार्थी संबन्धी ३ दिने प्रशिक्षण सम्पन्न ।

विधायलयमा एल इ डी र सुईटर वितरण

पथरीमा कृषि विउ विजन र उपकरण वितरण

पथरीशनिश्चरे नगरपालिकामा १ घण्टा चर्काचर्की

प्रथम नगर महिला फुटवतको उद्धघाटन खेलमा कानेपोखरी विजयी

पथरीशनिश्चरे न्यायपालिका आफै धामी आफै बाेक्सी, पथरीशनिश्चरेकाे न्यायीक समिती नै जग्गा दलाली

मोरङको लेटाङमा खुल्याे नेफ्स्कुनको सम्पर्क कार्यलय

५ औं मिस्टर मोरङलाई सम्मान

तपाईको प्रतिक्रिया