बन्द अवस्थामा रहेको पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टर चाडै सञ्चालनमा आउने

धरान / लामो समयदेखि बन्द अवस्थामा रहेको धरान १७ स्थित पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टर चाडै सञ्चालनमा आउने भएको छ । एन्फाका केन्द्रीय उपाध्यक्ष पंकज विक्रम नेम्बाङसहित इन्जिनियरको टोलीले वुधबार एन्फाको अवलोकन समेत गरेको छ । अवलोकनपश्चात बोल्दै उपाध्यक्ष नेम्बाङले सातवटै प्रदेशमा एकेडेमी सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो । अहिले ४५ वटा जिल्ला मध्ये पहाडका १० जिल्लालाई १० लाख रुपैयाका दरले र ३५ जिल्लामा ५–५ लाख रुपैयाका दरले रकम विनियोजित गरिएको बताउनुभयो । एकेडेमी मर्मत तथा सञ्चालनको लागि १ लाख ५० हजार अमेरिकी डलर बजेट फिफाले छुट्याइसकेको उहाले जानकारी दिनुभयो ।

वि.सं. २०५९ सालमा ४ करोडको लागतमा निर्माण सम्पन्न भए पनि माओवादी जनयुद्ध लगायत विविन्न प्राविधिक कारणले ७ बर्षपछि मात्र सञ्चालनमा आएको थियो तर पुन : ४ बर्ष सञ्चालन भएपछि बन्द अवस्थामा रहेको एकाडेमी पुनः सञ्चालनको तयारीमा रहेको एन्फाका पदाधिकारीहरुले बुधबार जानकारी दिएका हुन् ।

२०५७ सालमा विश्व फुटबल संघ (फिफा)को गोल प्रोजेक्ट मार्फत अखिल नेपाल फुटबल संघको राष्ट्रिय कार्यक्रम अन्तर्गत धरान नगरपालिकासंग ३० वर्षका लागि जमिन लिजमा लिएर ४ करोडको लागतमा २०५९ सालमा निर्माण सम्पन्न भएको थियो । निर्माण भए लगत्तै माओवादी जनयुद्धको प्रभावले सेन्टर वेवारिशे बनेको थियो । २०६६ देखि २०७० सालसम्म मात्र धरानको एकेडेमी सञ्चालनमा रह्यो । त्यस पछि उपयोग विहिन बनेको थियो । फुटबलको विकासमा एकाडेमीहरुको महत्वपूर्ण योगदान रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ उपाध्यक्ष किशोर राईले बताउनुभयो

सेन्टरमा पूर्व क्षेत्रका खेलाडीलाई प्रशिक्षण दिलाउने मात्रै नभै प्रशिक्षक, रेफ्री, मेडिकल टिमलाई पनि तालिम दिने उद्देश्यले बनाइएको थियो । फुटबल विकाशका लागि कोशेढुङगा मानिएको एन्फा सेन्टर केन्द्रको आन्तरिक संघर्षको कारणले सेन्टर संचालनमा आउन नसकेको एन्फाका केन्द्रिय मानार्थ उपाध्यक्ष किशोर राईले बताउनुभयो । राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलोको रुपमा रहेको एन्फा एकाडेमी सञ्चालनमा आउनुको विकल्प नरहेको उहाको भनाई छ ।

उत्कृष्ट खेलाडि उत्पादन गर्ने संस्थाको रुपमा विकाश भएको एकेडेमी केन्द्रको विवादकै कारण विगतमा बन्द भएको थियो । पुन सञ्चालन हुने तयारीमा रहेको एकाडेमी सञ्चालनसंगै खेलाडी उत्पादनमा ठूलो योगदान पु¥याउन अपेक्षा सर्वत्र गरिएको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरानमा दिउँसै गोली प्रहार,जीवन बिकास संस्थाको लुटयो ४ लाख

धरान उपमहानगरपालिकाले मजदुरहरुको सूचिकृत गर्ने

धरानकाे तिनवटै दमकल काम नलाग्ने अवस्थामा

बराहक्षेत्र चतरामा दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला शुरु, मुख्यमन्त्री शेरधन राईले गरे उद्घाटन

सुनसरीको बराहक्षेत्रमा दोस्रो अर्धमहाकुम्भ मेलाको सम्पूर्ण तयारी पूरा (४२ तस्विरहरू)

धरानदेखि विष्णुपादुका भन्ज्याङसम्म पुग्ने २३ किलोमिटर कच्ची सडकको स्तरान्नति हुँदै

सुख्खा मौसम आएसंगै धरानमा पानीको चरम अभाव

पौष १६ देखी धरानमा इन्द्र वराह मेमोरियल एमच्योर ओपन गल्फ प्रतियोगिताकाे पाचौ संस्करण

वीपी प्रतिष्ठानमा स्वास्थ्यमन्त्री यादव, राजनीतिक आवरण नभिरेको ब्यक्ती भिसि नियुक्ती गर्न प्रतिष्ठानका पदाधिकारीहरूकाे माग

धरान स्थित हार्डवेयर पसलमा आगलागी

तपाईको प्रतिक्रिया

Loading…