म माथि लगाइएका आरोपको जवाफ दिनु जरुरी छैन : डिएसपी श्रेष्ठ

दुईसाता अघि मात्र इटहरीको छैठौ डिएसपीको रुपमा आएका शिव कुमार श्रेष्ठ अहिले इटहरी र काग्रेसको लागि ‘हट केक’ हुन । प्रहरी संगठन भित्र फरक पुलिसिङको सोच राख्ने डिएसपी श्रेष्ठ इटहरी आएको केही दिन भित्रै नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङलाई जग्गा बिवादको क्रममा पक्राउ गरेपछि उनि काग्रेस र इटहरीको लागि उनि ‘हट केक’ बनेका हुन ।

गुरुङलाई पक्राउ गरेको बिषयमा अहिले ५ दिनदेखि सुनसरी जिल्ला भर आन्दोलनले सडक तातेको छ । डिएसपीमाथि काग्रेसको अनेकन आरोप पनि छ । मोरङ कार्यरत रहदा ५ हजार घुस खाएको काग्रेसका नेता एवम सासंद केदार कार्कीले बिरोध सभाबाटनै डिएसपीमाथि खुलेआम आरोप लगाए ।यति सम्म कि कम्युनिष्ट सरकारलाई खुशी बनाउन काग्रेसका युवा नेता गुरुङलाई पक्राउ गरि फसाएको समेत काग्रेसको आरोप छ ।

तपाई माथि लगाइएको आरोप साँचो हो या गलत ? भन्ने पूर्वेली न्यूजको प्रश्नमा डिएसपी श्रेष्ठ भन्छन, ‘मलाई जवाफ दिनु भन्दा पनि काम गर्नुको सरोकार छ’ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी (प्रहरी नायब उपरीक्षक) शिव कुमार श्रेष्ठसँग पूर्वेली न्यूजले गरेको छोटो कुराकानी यस्तो छ ।

तपाईको प्रतिक्रिया