गणतन्त्र दिवसको शुभकामना मात्र दिने की जनतालाई महशुस पनि गराऊने ?

मोरङ । नेपालमा गणतन्त्र आएको आज ११ बर्ष पुगेको छ । २०६५ साल जेठ १५ गते संविधान सभाको पहिलो बैठकले मुलुकलाई गणतन्त्र घोषणा गरेको थियो । राजतन्त्रात्मक शासन व्यवस्था अन्त्य गर्दै मुलुकको प्रमुख पदमा जनताबाट निर्वाचित प्रतिनिधि रहने व्यवस्था गरिएको दिनको सम्झनामा गणतन्त्र दिवस हरेक बर्ष मनाउँदै आईएको छ ।

गणतन्त्र दिवसको अवसरमा देशका राष्ट्रपति, उपराष्ट्रपति,प्रधानमन्त्री,बिपक्षी दलका नेता सबैले बिगत बर्षमा झै यस बर्षपनि शुभकामना दिएका छन । तर जनताले गणतन्त्रको आभाष गर्न पाए या पाएनन त्यो भने खोजीको बिषय भएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले आफनो शुभकामना सन्देशमा मुलुकमा सुदृढ शान्ति कायम गर्ने, राजनीतिक स्थायित्व हासिल गर्ने र आर्थिक विकास गर्ने नेपाली जनताको उत्कृष्ठ चाहनालाई साकार पार्ने अवसर प्राप्त भएको बताएकी छिन । अब राज्यको नेतृत्व पंक्ति उक्त दायित्व पूरा गर्न अग्रसर हुनपर्दछ । मलाई विश्वास छ, सम्बद्ध सबै पक्षलाई देशको आवश्यकता र जनताको सामयिक आकांक्षालाई मूर्तरुप प्रदान गर्न सफलता मिल्न सकोस् भन्ने कामना गरेकी छन् ।

उपराष्ट्रपतिको शुभकामनामा सम्पूर्ण शासकीय अधिकार सार्वभौमसत्ता सम्पन्न जनतामा आउने गरी जननिर्वा्चित पहिलो संविधानसभाले २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको घोषणा गरेको परिघटना नेपालीहरुको सपना साकार भएको ऐतिहाँसिक दिन हो । नेपालको इतिहासमा युगान्तकारी परिवर्तनको स्वर्णीम दिन गणतन्त्र दिवस–२०७५ को सुखद अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु भनिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामनामा जन्मजात नेतृत्व र जन्मसिद्ध श्रेष्ठताको परम्परा तोडेर गणतन्त्र स्थापना गरिएको सुनौलो विहानीमा सम्पूर्ण नेपाली दाजुभइ दिदीबहिनीमा हार्दिक शुभकामना ब्यक्त गर्दछु भनिएको छ । गणतन्त्रलाई केवल शब्द प्रयोजनमा मात्र सीमित नगरी आम जीवनको खुसीयालीमा बदल्न विकास र समृद्धिको यात्रामा अग्रसर होऔं। जन्मजात नेतृत्व र जन्मसिद्ध श्रेष्ठताको परम्परा तोडेर गणतन्त्र स्थापना गरिएको सुनौलो विहानीमा सम्पूर्ण नेपाली दाजुभइ दिदीबहिनीमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको शुभकामनामा नेपाली जनताको लामो त्याग र वलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधि मार्फत निर्माण भएको नेपालको संविधान बमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभाको ऐतिहासिक महत्वका निर्वाचनहरु सम्पन्न भई संविधानको सफल कार्यान्वयन भैसकेको छ र संक्रमणकालिन राजनीतिबाट मुलुकले निकास पाएको उल्लेख छ ।

तरपनि अझै जनताले देशमा गणतन्त्रको आभाष गर्न पाएका छैनन । देशका सबै नेताहरुको शुभकामनामा उल्लेख गरिएजस्तै जनताले आभाष गर्न पाएको भए साँच्चै गणतन्त्र दिबसको सार्थकता हुने थियो । तर अझैपनि त्यो दिन आएको छैन । यो शुभकामनामा भनिएजस्तै जनताले गणतन्त्र दिबसको आभाष गर्न सकुन ।

Purbeli TV

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

के प्रदेश सांसदहरु असुरक्षित भएकै हुन ?

प्रदेश १ को राजधानी बिराटनगरको पक्षमा काँग्रेस, बिपक्षमा कम्युनिष्ट

चुनौतिका पहाडबिच छलाङ मार्दै पूर्वेली न्यूज पाँचौ बर्षमा

बलात्कारीलाई फाँसी दिँदा के हुन्छ ?

उर्जामन्त्रीदेखि मुख्यमन्त्रीसम्मको आश्वासन : बाढीले बगाएको एक बर्ष बित्दासमेत बनेन लोहन्द्राको पुल

प्रहरी ईन्काउण्टर फेक की रियल ?

पुर्वमा तिजको लहर आयो बरि लै …..!

युवराजले लिए बेवारिसे नवजात शिशुको पालनपोषणको जिम्मा

कानुन तामाङलाई मात्र लाग्छ, प्रसाई र मार्सी चामल खाने लाई लाग्दैन ?

चिसाङमा पुल नबन्दा सास्ती, झोलुङगे पुलबाट जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता (तस्विर तथा भिडियाे सहित)

तपाईको प्रतिक्रिया