उदयपुरमा एक महिने प्याराग्लाइडिङ्ग तालिम सुरु

उदयपुर / पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले उदयपुको वेलका नगरपालिकामा एक महिने प्याराग्लाइडिङ्ग तालिम आइतबारदेखि सुरु भएको छ । बेलका युवा तथा खेलकुद विकास समितिको आयोजना, बेलका नगरको सहयोग र बुढासुब्बा प्याराग्लाईडिङको सहजिकणमा सुरु तालिमको उद्घाटन मेयर दुर्गाकुमार थापाले गरेका थिए । मेयर थापाले प्याराग्लाईडिङ उडाएरै तालिमको उद्घाटन गरेका हुन ।

प्याराग्लाईडिङको व्यवसायिक विकास गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको मेयर थापाले बताए । प्रमुख प्रशिक्षक लेखमणी राईले तनमन लगाएर सिकेको खण्डमा प्याराग्लाईडिङ व्यवसायिक रुपमा निकै फाईदा हुने बताए ।

बेलका नगरपालिका वडा नं. ८ को बोपताङबाट उडान गरी वडा नं. ७ को नोजचौरीमा ल्याण्ड गर्ने गरी सञ्चालन भएको तालिममा स्थानीय १३ जना युवाहरुको सहभागिता रहेको छ । तालिमपछि सहभागि युवाहरुलाई स्थानीय स्तरमै रोजगारी समेत मिल्ने भएको छ । वडा नं. ८ को बोपताङ, आहालेडाँडा प्याराग्लाईडिङका लागि उपयुक्त स्थान देखिएका छन् । जिल्लाको सबैजसो स्थानीय तहमा प्याराग्लाईडिङको राम्रो सम्भावना रहेपनि तालिम सञ्चालन गर्नेमा पहिलो बेलका बनेको छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १०६ पुग्यो

कोशी अस्पतालमा उपचार भईरहेका १३ संक्रमितको पिसिआर रिपोर्ट नेगेटिभ

उदयपुरमा क्वारेन्टाईनमा बसेका युवाद्धारा झुण्डिएर आत्माहत्या

उदयपुरको कोरोना संक्रमित क्षेत्रमा स्वास्थ्य शिविर संचालन

उदयपुरको भुल्केका २४ जना को कहाँबाट संक्रमित ? विदेशबाट आएका एक विद्यार्थी सहित तीन जनामा संक्रमण, चार सय २१ घर परिवार उच्च जोखिममा

सिल गरिएको भुल्केमा २ महिला सहित ६९ जनाको थ्रेट स्वाबको नमूना संकलन

उदयपुरको मस्जिदमा अनुगमन, १२ भारतीय फेला, स्वाब परीक्षण गरिँदै

सिलिण्डर बम बिष्फोट गराएको आरोपमा सिद्धान्त राई पक्राउ

उदयपुरमा सर्पको टोकाईबाट ४ वर्षिय बालिकाको मृत्यु

उदयपुरमा करेन्ट लागेर ७ वर्षिय बालकको मृत्यु

तपाईको प्रतिक्रिया