दलित बिवाह गरेकै कारण यस्तो अपमान : काजकिरिया गरिदिने ब्राहमणलाई सम्मान

पथरी । दलित भनिएकी युवतीसँग विवाह गरेका कारण आफ्नो बाबुको काजक्रियाको दैनिक कर्म गर्नबाट वञ्चित भएका मोरङको पथरीशनिश्चरे ४ का एक युवकले सातौं दिनदेखि मात्र ब्राह्मण समाजको पहलमा पुरोहित मार्फत काजक्रिया गर्न पाएका छन ।

आईतबार विश्वकर्मा एकता समाज पथरीशनिश्चरेले १२ औँ दिनको पुण्य तिथीको कर्म गर्ने ब्राह्मण समाजका केन्द्रीय उपाध्यक्ष दमकका डिल्लीराम उप्रेती पुरोहितलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको छ । गत जेठ १ गते आफ्ना बाबु धनबहादुर श्रेष्ठको निधन भएपछि पुरोहितको सहयोगमा गरिने दैनिक काजक्रियाको कर्मबाट स्थानीय यादव श्रेष्ठ वञ्चित भएका थिए ।

रेखा विश्वकर्मासँग डेढ वर्षअघि प्रेम विवाह गरेका परिवारका एक्लो छोरा श्रेष्ठले बाबुको दागवत्ती दिन पाएपनि त्यसैबेलादेखि पुरोहितबाट गरिने कर्मबाट भनें उनी वञ्चित भएको जानकारी पाएर ब्राहमण समाज धरानले पुरोहितको प्रवन्ध गराएको हो । त्यसै झोक्राएर वसिरहेका यादवको घरमा पुगेर ब्राह्मण समाजको केन्द्रीय उपाध्यक्ष दमकका डिल्लीराम उप्रेती आफैं पुरोहित बनेर काजक्रियाको कर्म गरेका हुन । उनले १२ औँ दिनको पुण्य तिथीको कर्म गरी ब्राहमण समाज धरानको सहयोगमा ११ हजार नगद प्रदान गर्दै एउटा मानवताको भावनालाई उजागर गर्दै शोकाकुल परिवारलाई सान्त्वना प्रदान गर्न र शोकलाई शत्तिमा बदल्न सहयोग गरेको बताए ।

शोकसभामा वडा नं ४ का वडाअध्यक्ष गोविन्द बहादुर भण्डारीले यस्ता विकृतिहरुलाई वडा देखि केन्द्र सम्म नै अन्त्य गर्नु पर्ने बताए । वडामा छलफल गरेर केही रकम वडाले पनि सहयोग गर्ने भण्डारीले बताए । कुनैपनि धर्मग्रन्थमा जातीय विभेद तथा छुवाछुतको कुरा उल्लेख नभएकाले सवै जाति समान मानेर व्यवहार गर्ने उनले बताए । विश्वकर्मा एकता समाज पथरीशनिश्चरेका उपाध्यक्ष मानबहादुर पौडेलीको सभापतित्वमा भएको उत्त, कार्यक्रममा एकिकृत विश्वकर्मा समाज प्रदेश १ कमिटी अध्यक्ष गोपाल लकान्द्री,टिका लाम्गादे,लोकेन्द्र गदाल, नगरकार्यपालीका सदस्य भद्रमान घिमिरे, समाजसेवी गंगा साँवा, आचार्य पंडित बालकृष्ण भट्टराई लगाएतको उपस्थिती रहेको थियो ।

याे पनि पढ्नुहाेस्

दलित विवाह गरेकै कारण काजकिरिया गर्न भेटिएन् ब्राहमण (भिडियाे सहित)

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

दर्ता गरेर सञ्चालन गरिएको क्रसर उद्योग कसरी अवैधानिक भयो ?’

बैज्ञानिक वन ब्यबस्थापनलाई नयाँ बिरुवा हुर्काउनै कठिन्

प्रहरीलाई हराउदै फ्यान क्लव धरान फाईनल प्रबेश

स्कुल स्कुलमा लागुऔषध सचेतना फैलाउदै एलाइभ

हिस्टानले बुझायाे नगर प्रमुखलाई ज्ञापनपत्र

उदघाटन खेलमा दङगा प्रहरी सुनसरी विजयी

पत्रकार सँग किन जंगिए उर्लाबारीका मेयर फागो ?

राजेशसँग झुम्यो पथरी

धरानका डिएसपी रामेश्वर पौडेलको दादागिरिबाट व्यवसायी आर्जित

दलित बिवाह गरेकै कारण यस्तो अपमान : काजकिरिया गरिदिने ब्राहमणलाई सम्मान

तपाईको प्रतिक्रिया