सुन्दरहरैंचामा दोस्रो नगर सभा सम्पन्न

मोरङ / सुन्दरहरैंचा नगरपालिकाको दोस्रो नगर सभा कोसीहरैचा उद्योग वाणिज्य संघको सभा हलमा आईतबार सम्पन्न भएको छ ।  दोस्रो नगरसभा कार्यक्रम सुन्दरहरैंचा नगरपालिकामा स्रोतको स्थानान्तरण गर्ने, ऐन पारित गरि कानुन निर्माण गरेर त्यसको कार्यान्वयन गर्ने लगायतका उद्देश्यले गरिएको थियो । सुन्दरहरंैचा नपाका प्रमुख शिवप्रसाद ढकालको सभापतित्वमा दोस्रो नगर सभा भएको थियो । नगर सभा समारोहको उद्घाटन नगरप्रमुख ढकाल तथा उपप्रमुख धनमाया तामाङद्धारा भएको थियो ।

सुन्दरहरैंचा नपाका नगर प्रमुख, उपप्रमुख, १२ वडाका वडाध्यक्षहरु,कार्यपालिका सदस्य तथा नगरसभा सदस्यहरु लगायतको सहभागितामा सम्पन्न भएको नगर सभामा ४ वटा ऐन सर्वसम्बत रुपमा पारित गरिएको थियो । जसमा सहकारी सम्बन्धी ऐन, कृषि व्यवसाय प्रवद्र्धन ऐन, न्यायिक समिति ऐन तथा प्रशासकीय कार्यविधि ऐन सर्व सम्मत पारित भएको थियो । नेपाल सरकारको मन्त्रालय बाट प्राप्त भएको नमुना ऐनको आधारमा ऐन निर्माण गरिएको थियो । नगर सभामा उपस्थित कार्यपालिकाका सदस्य तथा नगर सभाका सदस्यहरुले ध्वनी मत जाहेर गरेर ऐनमा सहमति जनाएका थिए । ४ वटा ऐन मध्ये कुनैमा पनि असहमतिको मत नआएकाले सबै ऐन सर्वसम्मत पारित भएको थियो । पहिलो नगर सभा बाट पारित भएका धेरै ऐनहरु कार्यान्वयन भई सकेको र केहि कार्यान्वयनको चरणमा रहेको समेत नगरसभामा जानकारी गराईएको थियो ।

सुन्दरहरैंचा नपाको आयोजनामा भएको दोस्रो नगर सभामा नगरप्रमुख ढकालले सहभागिहरुले राखेका जिज्ञासाहरुको जवाफ दिदै नियम तथा कानुन अनुसार अघि बढ्नु पर्ने आवश्यता रहेको समेत उल्लेख गरेका थिए । उनले कार्यक्रमलाई नियम पूर्वक सम्बोधन गदै यस नपामा चुनौतिका मामm अवसर खोज्ने हो भने घुमौ घुमौ लाग्ने सुन्दरहरैचा, सबै नगरवासीको साझा बगैचाको अवधारण अनुसार हामी जनप्रतिनिधी नगरको समग्र विकासको लागि अघि बढन चाहेको बताए ।

उनले यो दोस्रो नगरसभा नगरलाई संन्चालन गर्ने कानुन निर्माणको सभा भएले हाम्रा आबश्यकता धेरै तर त्यसलाई परिचालन गर्ने पूजी तथा जनशक्ती अत्यन्त न्यून रहेकाले नगरवासीका उलर्दा आवश्यकता र चुनौतिहरु सामुमा गरिएका प्रतिवद्धताहरुलाई पुरा गर्र्न ठुलो कसरतका बिचमा आफु भएकाले हामीले देख्ने गरि नगरमा विकासको खाका कोदै समग्र विकासलाई ध्यान दिएर शिक्षा स्वास्थ्य र कालो पत्रेबाटो लाई पहिलो प्राथमिकता दिदै, हामी सबैको सामmा लक्ष्य समुन्नत सुन्दरहरैचा भएको उल्लेख गरे ।

नगरसभा समारोहमा उपप्रमुख तामाङले दोस्रो नगरसभाको एजेन्डा प्रस्तुत गरेकी थिईन् । उनले कार्यक्रममा दोस्रो नगरसभाको एजेन्डा प्रस्तुतका क्रममा सिकाईको अवस्थाबाट अघि बढेका हामी जनप्रतिनिधिहरु नगरको विकासमा लागि पदै नगरवासीको मुहारमा मुस्कान छर्ने कोसीसमा निरन्तर रहेको बताईन । उनले दोस्रो नगरसभा सम्म हामी आई पुग्दा हामी बिच असिमित चाहानाका साथै चुनौतिहरुका पहाड समेत रहेकोले त्यसको महसुस गदै नगरको हित तथा विकासको लागि सबैले सकारात्मक भएर एकजुट हुनु पर्ने उल्लेख गरिन ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

यस्ताे रह्याे पिएलओकाे विश्वकर्मा पूजा ( तस्विरहरू)

मदरल्याण्ड तथा न्यू पेगडा विजेता

रोयलकाे पेन्टर्स मिट सम्पन्न

सुन्दरहरैँचा नगरपालिकालाइ शिक्षकहरुले दिए ध्यानाकर्षण सहितको माग पत्र

गोठगाउँमा अागलागी : विधुत सट भएर आगलागी भएकाे अासंका

रोजगारीको अवसर तथा सम्भावना स्वदेशमै छ : भोलेश्वर दुलाल

नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

नाम झै सुन्दर छ सुन्दरहरैंंचा

विराटचोकमा टिभिएसको शोरूम उदघाटन

सुन्दरहरैंचामा हात्ती आतङ्क (तस्विर सहित)

तपाईको प्रतिक्रिया