वन कार्यालयको दादागिरी, उपभोत्तालाई झुक्याएर वन फडानी

लेटाङ । ईलाका वन कार्यालय बेलचौरीको मातहतमा रहेको वन क्षेत्रमा बन कार्यालय संगको मिलेमतोमा साझदारी वन समितिले ठेकदार लगाएर दादागिरी शैलीमा वन फडानी गरेको छ । बेलचौरी रेञ्जपोष्टको मातहतमा रहेको केराबारी­९, घघँरु र बेलचौरी क्षेत्रका बासिन्दाले संरक्षण गर्दै आएको वन क्षेत्रमा छापामार शैलीमा स्थानियलाई थाहा नै नदिई सखुवाका बिरुवाहरु काटिएका हुन् । स्थानिय बासिन्दा बजार गएको मौका छोपी गत सोमबार बिहान इलाका बन कार्यालय बेलबारीका बन पालेहरुलाई पहरामा राखेर साझेदारी वन समूहको नेतृत्वमा ठेकेदारले स्थानियले संरक्षण गर्दै आएको बनमा रहेका सखुवाका रुख काटेको हो ।
बेलबारी चिसाङ साझेदारी बनको रुपमा सुचिकृत वन क्षेत्रमा बैज्ञानिक बन व्यवस्थापन गर्ने भन्दै अन्धाधुन्द रुख काटेपछि स्थानिय उपभोक्ताहरुले अबरोध गरेका छन् । स्थानिय उपभोक्तालाई कुनै जानकारी नै नदिई गैरसरकारी संस्थाको माध्यमबाट भुमिगत शैलीमा गठन गरिएको बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समितिले बिगत २५ बर्षदेखि हेरचाह र संरक्षण गर्दै गरेका बन क्षेत्रका उपभोक्ताहरुलाई बेवास्ता गर्दै रुख कटान गरेको हो ।

बेलबारी १ मा रहेको नक्सल सामुदायिक वन कार्यालय उपभोक्ता समूहले संरक्षण गरेको वन क्षेत्रमा बैज्ञानिक बन व्यवस्थापन गर्ने भन्दै साझेदारी बन उपभोक्ता समूहले ठेकेदार मार्फत रुख काट्न थालेपछि १ महिना अघि स्थानिय उपभोक्ताले प्रतिकार गरेका थिए ।

नक्सल सामुदायिक वन उपभोक्ता समूहको प्रतिकारपछि हच्किएको साझेदारी वन उपभोक्ता समूहले बन कार्यालयको संरक्षणमा त्यसको १५ दिनपछि नै बेलचौरी क्षेत्रमा ठेकदारलाई रुख काट्न अनुमती दिएको हो । १० दिनअघि रुख काट्न जंगल पसेको ठेकदार समूहलाई रोकेका स्थानियबासीलाई झुक्याउदै पुनः सोमबार बन कर्मचारी र साझेदारी वनका पदाधिकारीलाई साथमा लिएर ठेकेदारको समूह जंगल पसेर छापामार शैलिमा रुख काटेको हो । बिगत २५ बर्ष अघिदेखि संरक्षण गर्दै आएको रुख आफुहरुसंग समन्वय र सल्लाहबिना नै काटेको भन्दै स्थानिय केही उपभोक्ताले रुख काट्न अबरोध गरेपछि बन कार्यालयका बन रक्षकहरुले कटान रोक्न आए पक्राउ गरेर लैजाने भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेको स्थानिय एक युवाले बताए । त्यस लगत्तै ७०­८० जनाको समूहमा गएको स्थानिय उपभोक्ताको समूहले तुरुन्त रोक्नुपर्ने नत्र मुढभेट हुने बताएपछि रुख काट्न आएको समूहले रुख काट्न बन्द गरेको थियो ।

सरकारी निर्णय अनुसार रुख काट्न पाउने बताउदै अबरोध नगर्न आग्रह गर्दै बेलचौरी रेञ्जपोष्ट र साझेदारी बन उपभोक्ता समूहका पदाधिकारीहरुले बेलचौरी सामुदायिक बनका पदाधिकारीलाई दवाब दिएपछि समितिले बुधबार उपभोक्ता र सरोकारवाला निकायबिचको भेलाको आयोजना बेलचौरीमा गरेको थियो । कार्यक्रममा उपभोक्ता तथा छिमेकी सामुदायिक बनका प्रतिनिधिहरुले सामुदायिक बनका उपभोक्ताहरुसंग समन्बय नै नगरी गरिएको बन फडानीको कार्य अत्यन्त लज्जास्पद भएको बताएका थिए । स्थानिय तहका जनप्रतिनिधिको रोहबरमा गरिएको भेलामा बेलबारी चिसाङ साझेदारी बन उपभोक्ता समूहका संयोजक योगेन्द्र गुरुङ, बेलचौरी रेञ्जपोष्टका प्रमुख बिक्रम अमात्यलाई उपभोक्ताहरुले कुनैपनि हालतमा आफूहरुले संरक्षण गरेको जंगल फडानी गर्न नदिने बताएका थिए ।

भेलामा बोल्दै बेलचौरी सामुदायिक बनका सचिब कमल सुबेदीले बन कार्यलयको रबैयाको कारण स्थानिय उपभोक्ताहरुले सामुदायिक बनको कार्यसमितिप्रति नै संका उब्जाउने काम भएको बताएका छन् । समितिको स्विकृतिम वन फडानी भएको हो की क्या हो भन्दै समितिका पदाधिकारीहरुका घरमा उपभोक्ताहरुले घरेको बताउदै सुबेदीले यस्तो घृणित कार्य गरेर समितिको बद्नाम हुने काम गरेको भन्दै बन कार्यालय र साझेदारीका प्रतिनिधिसंग आक्रोस पोखे । स्थानिय उपभोक्ता सुरेन्द्र गुरुङले तस्करहरुसंग लडाई गर्दै आफ्नै छोराछोरी जस्तो गरेर संरक्षण गरेको जंगल आफूहरुसंग कुनै सल्लाह नै नगरी काटिएको भन्दै दुःख ब्यक्त गरे ।

उपभोक्ताहरुले संरक्षण गरेको बन क्षेत्र उपभोक्ता समूहलाई नै हस्तान्तरण गर्नुपर्ने बताउदै गुरुङले बल मिच्याई गरी सरकारी पक्षले उपभोक्ताको अधिकार कुण्ठीत गर्न खोजे प्रतिकार गर्ने जनाए । स्थानिय उपभोक्ता बिष्णु परियारले बेलचौरी सामुदायिक बन उपभोक्ता समूहलाई हस्तान्तर गरेको ८५ हेक्टर जंगल क्षेत्रमध्ये ४० हेक्टर क्षेत्रफल बगर क्षेत्र रहेको र बाँकीको ४५ हेक्टर क्षेत्रफल पर्याप्त नभएको बताए । तत्कालिन बेलचौरी रेञ्जपोष्टका कर्मचारी जिबन गुप्ताको पालामा उपभोक्ताले संरक्षण गरीरहेको ५ सय हेक्टर जंगल हस्तान्तरणको लागि ईलाका बन कार्यालय र सेक्टर बन कार्यालयमा पठाएको भएता पनि चलखेलको कारण फाईल गाएब गरिएको आरोप लगाउदै परियारले उपभोक्तालाई थप क्षेत्रफल हस्तान्तरण नगरेसम् मबन क्षेत्र फडानी गर्न नदिने बताए ।

सामुदायिक बन केराबारी महासंघका अध्यक्ष खगेन्द्र सुबेदीले उपभोक्ताका जायज मागलाई लत्याउदै बन प्रशासन र साझेदारी बन उपभोक्ता समितिले जथाभाबि रुख काटेको र मुढभेढको स्थीति सृजना गरेको बताए । समितिले साझेदारी बनको अबधारणा नबुझि काम थालेको बताउदै स्थानिय उपभोक्तालाई समितिको निर्णायक तहमा नराखिएकोमा पनि आक्रोस पोखे । चिसाङ सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष पुण्य खतिवडाले बन कार्यालयले साझेदारी बन र सामुदायिक बन समुहबिच समन्वयकारी भुमिका खेल्नुपर्ने बताए । सामुदायिक बन उपभोक्ता महासंघ मोरङका लक्ष्मी खुलालले बन क्षेत्रमा रुख काट्न अबरोध गरेपछि स्थानियसंग समन्बय गर्नुपर्नेमा बन कार्यालय र साझेदारीका साथीहरु शक्ति प्रदर्शन गर्दै रुख काट्ने अत्यन्त लज्जास्पद कुरा रहेको बताए । साझेदारी बन र बन कार्यालयले जंगलबाट रुख काट्न नदिए सरकारी बजेट तथा कार्यक्रम फेल हुने बताउने गरेको बताउदै खुलालले स्थानियलाई फाईदा नपुग्ने आयोजना तथा कार्यक्रम फ्रिज भएर गए जनतालाई कुनै प्रभाव नपर्ने बताए ।

लेटाङ वडा नम्बर २ का वडा अध्यक्ष तेज प्रसाद तिम्सीनाले बन फडानीको काम छापामार शैलिमा भएकोमा घोर भत्सना गरे । जनताले बर्षौ अघिदेखि संरक्षण गर्दै आएको बन क्षेत्रमा हातहरियारसहित कर्मचारी परिचालन गरेर बन कार्यालयले गरेको बन फडानीको काम अत्यन्त निन्दनिय भएको बताउदै अध्यक्ष तिम्सिनाले स्थानियसंग समन्वय नगरी कुनै पनि काम नगर्न बन कार्यालय र साझेदारी बन उपभोक्ता समितिलाई आग्रह गरे । केराबारी गाँउपालिका वडा नम्बर ९ का अध्यक्ष भुपतिन्द्र प्रताप मल्लले जंगलको संरक्षण गर्ने सम्बन्धित पक्षबाट अबैज्ञानिक तबरबाट भएको जंगल फडानीको काम चित्तबुझ्दो नभएको बताए । उपभोक्तासंग समन्वय नगरी बैज्ञानिक बन ब्यवस्थापनको नाममा रुख कटान गर्दा मुढभेढ भई जनधनको क्षति हुने भएकोले सबैलाई संयमित भएर अघि बढ्न आग्रह गरे ।

जंगल फडानीबारे बेलबारी चिसाङ साझेदारी बन उपभोक्ता समितिका संयोजक योगेन गुरुङले सरकारी कार्याक्रम र बन कार्यालयको अनुमतिमा समितिले रुख काटेको बताए । बन कार्यालयले यस आ.ब.मा ८० लाख बिनियोजन गरेर ५० हेक्टर क्षेत्रफलमा बैज्ञानिक बन ब्यवस्थापनको लागि निर्देशन दिए अनुरुप साझेदारी बन समितिले काम गरेको बताए । बेलचौरी रेञ्जपोष्टका सहायक बन अधिकृत बिक्रम अमात्यले जंगल क्षेत्रमा उत्पादन बिहिन ठाँउ हेरेर पुर्नउत्पादन तयारीको लागि रुख कटान गरीएको बताए । बेलबारी चिसाङ साझेदारी बनको १६४६ हेक्टर बन क्षेत्रमध्येको ५० हेक्टरमा पहिलो बर्ष यो कार्यक्रम लागु गर्न रुख कटान गरिएको बताउदै अधिकृत अमात्यले जेठ १५ सम्ममा सो क्षेत्रबाट रुख निकाली सक्नुपर्ने भन्दै स्थानिय उपभोक्ता अबरोध गर्न आग्रह गरे ।

उपभोक्ताको मागलाई बिस्तारै सम्बोधन गर्न सकिने बताउदै अधिकृत अमात्यले अबरोध गरे काटिएको रुखको संरक्षणको जिम्मा स्थानियले लिनुपर्ने बताए । यसैबिच स्थानिय उपभोक्ता र बन कार्यालयका प्रतिनिधिबिचको छलफल निष्कर्षबिहिन समापन भएको छ । ५ सय घर उपभोक्ता सदस्य रहेको बेलचौरी सामुदायिक बन उपभोक्ता समुहले प्रति घरपरिवार ०.५ हेक्टरकादरले पुग्ने गरी जंगल संरक्षणको लागि हस्तान्तर गर्नुपर्ने, काटिएका रुख समितिको रोहबरमा घाटगद्दी गर्नुपर्नेलगायतका माग राखेका छन् भने बन कार्यालय र साझेदारी बन समूहका पदाधिकारीले भने माग अनुसारको जंगल हस्तान्तर गर्न नसक्ने बताएको छ ।

Purbeli TV

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

के प्रदेश सांसदहरु असुरक्षित भएकै हुन ?

प्रदेश १ को राजधानी बिराटनगरको पक्षमा काँग्रेस, बिपक्षमा कम्युनिष्ट

चुनौतिका पहाडबिच छलाङ मार्दै पूर्वेली न्यूज पाँचौ बर्षमा

बलात्कारीलाई फाँसी दिँदा के हुन्छ ?

उर्जामन्त्रीदेखि मुख्यमन्त्रीसम्मको आश्वासन : बाढीले बगाएको एक बर्ष बित्दासमेत बनेन लोहन्द्राको पुल

प्रहरी ईन्काउण्टर फेक की रियल ?

पुर्वमा तिजको लहर आयो बरि लै …..!

युवराजले लिए बेवारिसे नवजात शिशुको पालनपोषणको जिम्मा

कानुन तामाङलाई मात्र लाग्छ, प्रसाई र मार्सी चामल खाने लाई लाग्दैन ?

चिसाङमा पुल नबन्दा सास्ती, झोलुङगे पुलबाट जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता (तस्विर तथा भिडियाे सहित)

तपाईको प्रतिक्रिया