गर्भवती भएको थाहा भएपछि प्रेमिकाको हत्या गर्ने प्रेमीलाई सर्वस्व सहित जन्मकैद

पर्वत । गर्भवती भएको थाहा भएपछि आफ्नी प्रेमिकाको हत्या गर्ने प्रेमीलाई पर्वत जिल्ला अदालतले सर्वस्व सहित जन्मकैदको फैसला सुनाएकाे छ । समाचारका अनुसार पर्वतको बिहादी गाउँपालिका वडा न। २ बर्राचौरका प्रदिपराज पराजुलीलाई पर्वत जिल्ला अदालतले बिहीबार सर्वस्व सहित जन्म कैदको फैसला गरेको हो ।

पराजुलीले बागलुङ्कको जैमुनी नगरपालिका वडा नम्वर ८ छिस्तीकी आफनी प्रेमिका २२ वर्षिया कमला शर्मालाई गला रेटेर हत्या गरी कालीगण्डकीमा फालेका थिए । प्रेमिका शर्मा गर्भवती भएको थाहा भएपछि २०७४ साल माघ १७ गते नदी किनारमा बोलाएर गर्भपतन गर्न दबाब दिएका थिए । उनले लामो समय देखि विवाहको प्रलोभन देखाउँदै प्रेम सम्वन्ध राख्दै आएका थिए । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया