नमुना बस्ती निर्माण गर्ने नाममा मासुभात

बेलबारी / मोरङको बेलबारी नगरपालिकाबाट करिव २ किलोमिटर उत्तरमा पर्ने सित्तल बस्तीमा पुग्दा कुनै धनाढय परिवारका सदस्यको विवाहमा पुगे जस्तै अनुभव भएपनि त्याहाँ पुगेर बुझ्दा कुनै लक्षित बर्गको नाममा बजेट पचाउने काम रहेछ । केहि दिन अघिमात्रै एक गैरसरकारी संस्थाले नमुना बस्ती बनाउने वहानामा लाखौ रुपैया खर्च गरेको छ । मातृभुमि महिला समाज नामक गैरसरकारी संस्थाले नमुना बस्ती घोषणाका नाममा लाखौ रुपैया बजेट मासुभातमा सकेको छ । समाजकै प्राबिधिक सहयोगमा बेलबारी नगरपालिका वडा नम्बर १ लाई केहि समय अघि खुल्ला दिशामुक्त वडा घोषणा गरियो । आफनै पहलमा खुल्ला दिशामुक्त घोषणा गर्न पहल गरेको मातृभुमीकै पहलमा नमुना बस्ती घोषणा गरीयो । घोषणा गर्न बिभिन्न छिमेकी जिल्लाहरु बाट दर्जनौ गाडी नै भाडामा लिएर सयौँ जनालाई बोलाईयो ।

स्थानीय पत्रकारहरुलाई सुँईको समेत नदिई अन्य आमन्त्रित पाहुनालाई लाखौ रुपैया खर्च गरेर मासुभात खुवाउने अभियान सञ्चालन गरेपनि लक्षित बर्गमा भने आँखामा छारो हाल्ने काम भन्दा अरु केहि पनि भएको छैन । घोषणामा लक्षित बर्गमा पुग्ने भन्दा वढि खर्च गरेर मासुभात नै बाडिँएको छ । होमस्टेको सम्भावना बोकेको बस्तीमा गैरसरकारी संस्थाले तामझाम नै देखायो । बिभिन्न निकायले लक्षित समुदायका लागी छुट्याउने गरेको बजेट लक्षित बर्ग सम्म पुग्दैन भन्ने उदाहरण नै उत्त कार्यक्रमको झलकले देखाएको छ ।

जीएसएफ युएन हेभिटेटको सहयोगमा झापा, मोरङ र सुनसरीका प्रतिनिधि नै बोलाएर मातृभुमी महिला समाजले बिहेको भोज भतेर गरे जस्तै कार्यक्रम गरेको छ । बिवाहहका लागी सिँगारे जस्तै सिगाँरीएको उत्त बस्तीमा पुग्ने बजेट गाँउमै सकिने गरेको स्थानीयको भनाई छ । तिन जिल्लाबाट एकसय भन्दा वढि बिभिन्न संस्थाका प्रतिनिधिहरुलाई भेष्ट,क्याप टोपी, बाँडनुका साथै अतिथिलाई सत्कारका नाममा मासुभात खुवाउने वहानामा लाखौ रुपैया सिध्याईएको छ । सुकुम्बासी बस्ती रहेको उत्त ठाँउमा सरसफाई सिकाऊनका लागी स्थानिय जनप्रतिनिधसँग एक पटक छलफल भएपनि मासुभात नै खुवाउने भन्ने कार्यक्रम नरहेको बेलबारी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष चक्र बहादुर खुलाल बताउँछन ।

करिब २५ वर्षअघिदेखि बसोबास थालनी भएको सित्तलडाँडामा २२ घरधुरी रहेका छन् । त्याहाँका बासिन्दाको नाममा एक टुक्रा जमिन पनि आफ्नो छैन । कुखुरापालन, बाख्रापालन, खेतीपाती र ज्यालामजदूरी नै यहाँको मुख्य पेशा हो । बेलबारी नगरपालिका वडा नम्बर १ मा पर्ने सित्तलडाँडा सिमसार क्षेत्रमा पर्छ । नजिकै सिमसार रहेकोले ‘विकास’ होला भन्ने आशा जागेको स्थानिय बासिन्दाको भनाई रहेको छ । सरसफाई आफनै लागी हो हामीले गरेका छौँ सित्तलडाँडा महिला समूहकी अध्यक्ष धनमाया तामाङ भन्छिन यहाँ लागनी गर्ने पैशाले सिप सिक्न पाएको भए हुन्थ्यो । यता मातृभुमि महिला समाजकी अध्यक्ष शान्ता दाहालले भने बस्तीमा लामो समय सम्म दुख गरेर नमुना वनाएको र बिभिन्न जिल्लाबाट घुम्न आएको दाबी गरेकी छिन ।

Purbeli TV

तपाईको प्रतिक्रिया