वडाअध्यक्षले दिए भारतीयलाई नेपाली नागरिकता (भिडियाे सहित )

इटहरी । मोरङको रंगेली नगरपालिकामा एक भारतीय नागरिकलाई वडाअध्यक्षले नै नेपाली नागरिकता बनाईदिएको रहस्य सार्वजनिक भएको छ । वडा नम्वर ८ का वडाअध्यक्ष ढक प्रसाद (टंक) आचार्य ले रकमको प्रलोभनमा परेर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाईदिएको रहस्य सार्वजनिक भएको हो । भारतको अररिया जिल्ला घर भएका ३५ बर्षीय मोहमद मुजरफ मियाँले रंगेली वडा न ८ बाट २०७४ माघ १७ गते राज मियाँको नामबाट नेपाली नागरिकता लिएको पाईएको छ ।

मियाँले आफ्नो दाजु (अनाबरुल मिया) लाई बाबु अवहुल सकर मियाँको छोरा आनाबारुल मियाँ लाई बुबा बनाएर नेपाली नागरिकता बनाएको प्रमाण फेला परेको स्थानीय ले बताए । स्थानीयका अनुसार ससुरा (अहमद सकुर मियाँ) लाई हजुरबा बनाईएको नागरिकता प्रदान गरेकोे वडा कार्यलयको ढड्डामा उल्लेख रहेको छ । उनले हजुरबुबा बनेका मियाँ बैदेशिक रोजगारीमा गएको एक बर्ष पुगेको स्थानीय बताउँछन् ।

उनी भारतमा सन् २०१८ को विधानसभा र लोकसभा निर्वाचनको मतदाता नामावलीमा हुसेनको यु.एक्स.बि.१३८०५१८नम्बरको परिचयपत्र मा उल्लेख रहेको छ । उनले कुर्साकट्ट प्रखण्ड अन्तर्गत उत्क्रमित मध्य बिद्यालय डहुआबाडी मतदान केन्द्र बाट मतदान गर्ने गरेको समेत पाईएको छ । यता ईलाका प्रसाशन कार्यलय रंगेली बाट ०५०२७४र०४७६२ नम्बरको नागरिकता बनाएका छन ।

ईलाका बाट २०७४ साल माघ १७ गते नागरिकता बनाएको र उनको जन्म मिति २०५४ साल भदौ २३ गते रहेको छ । यस बिषयमा उपमेयर केशकुमारी खरालले छानबिन गर्ने बताईन र भारतीयले नागरिकता पाएको हो भने दोषी देखिए कारवार्ही गर्ने दावी गरिन ।

तपाईको प्रतिक्रिया