बाबुको मृत्यु र आमा पोइल् गएपछि दुई सन्तान भए बेसाहारा !

पथरी । बाबुको मृत्यु र आमाले समेत छोडेर हिँडेपछि सविन र रविन नेपाली दाजुभाई साहाराबिहिन भएका छन । पढ्ने लेख्ने कलिलो उमेरमा बेसाहारा बनेर गाउँगाँउ डुलेर हिडनु उनीहरुको बाध्यता बनेको छ । उनीहरु हाल मोरङ पथरीशनिश्चरे १० मा मावली ६५ वर्षकी हजुरामा चम्पादेवी नेपाली संग बस्दै आएका छन । स्थानीयका अनुसार परिवारै सहित माईत बस्दै आएकी छोरी नै अकै संग पोइला गएकी थिन । त्यसको १ बर्ष पछाडि बाबुले पनि आत्माहत्या गरे । मावलाकी हजुरआमा समेत बाथको रोगी छिन ।

अहिले गाँउलेले दिएको खाने र बरालिएर हिँडने,स्कुल नजाने गरेका कारण कुलतमा फस्ने स्थानीयलाई डर छ । पढ्ने लेख्ने उमेरमा बरालिएर हिँड्नु र चरा भ्याकुर मारेर खानु उनिहरुको दिनचर्या बनेको छ ।

वृद्ध तथा एकल महिला चम्पादेवीलाई पनि एक वर्षदेखि बाथ रोगले च्यापेपछि बालकहरुको उचित संरक्षण हुन सकेको छैन । ६ र ९ बर्षका कलिला छोराहरु सविन र रविन मामलाकी बुढी हजुरआमासंग बस्दै आएका छन । एक दिन टन्न खान पाउनु उनिहरुको लागि दशै हुन्छ । हजुर आमाको सेखापछि बच्चाको स्याहारसुसार कस्ले गर्ने भन्ने चिन्तामा छन गाँउलेहरु । उर्लावारी सिसैली बिवाह गरेर गएकी छोरीको न घर न माईत कतै आफन्तहरु नभएका कारण यी बालकहरुले खानलाउन र पढ्नबाट बञ्चित हुने अवस्था आएको स्थानीयहरु बताउँछन ।
कापी कलम र लुगा नभएकोले स्कुल नगएको उनिहरुको भनाई छ ।

गाँउले माईजु र स्थानीयको सहयोगमा एक छाक खान र एक सह्रो लुगा लाउन पाएका बालकहरु बस्ने ठाउ र पढ्ने वातवरण भए स्कुल जाने बताउँछन । बाथ रोगी हजुरआमा कसैको सहयोग भए र कसैले रेखदेख गरेर पढाउने भए बच्चा जिम्ममा लगाउने बताउँछिन । देशभर भर्ना अभियान चलिरहँदा र मन्त्री र नेताहरु बिद्यार्थीको अभिभावक बनिरहँदा यी अबोध बालकहरुको अभिभावक बन्न भने कोही तम्सिएको छैन ।

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

दर्ता गरेर सञ्चालन गरिएको क्रसर उद्योग कसरी अवैधानिक भयो ?’

बैज्ञानिक वन ब्यबस्थापनलाई नयाँ बिरुवा हुर्काउनै कठिन्

प्रहरीलाई हराउदै फ्यान क्लव धरान फाईनल प्रबेश

स्कुल स्कुलमा लागुऔषध सचेतना फैलाउदै एलाइभ

हिस्टानले बुझायाे नगर प्रमुखलाई ज्ञापनपत्र

उदघाटन खेलमा दङगा प्रहरी सुनसरी विजयी

पत्रकार सँग किन जंगिए उर्लाबारीका मेयर फागो ?

राजेशसँग झुम्यो पथरी

धरानका डिएसपी रामेश्वर पौडेलको दादागिरिबाट व्यवसायी आर्जित

दलित बिवाह गरेकै कारण यस्तो अपमान : काजकिरिया गरिदिने ब्राहमणलाई सम्मान

तपाईको प्रतिक्रिया