बेलबारीमा मदन भण्डारी स्मृति कर्बड हल

बेलबारी / मोरङको बेलबारी ८ मा मदन भण्डारी स्मृति कर्बड हल बन्ने भएको छ । बेलबारी ८ मा रहेको एम्ब्रियो खेलमैदानमा डेढ करोडको लगानिमा कर्बड हल बन्न लागेको हो ।
१ सय ८० मिटर लम्बाई तथा ८० मिटर चौडाईको कवर्ड हल बन्न लागेको एम्ब्रियो युवा कल्बका सल्लाकार रबिन थापाले बताए । एम्ब्रियो युवा कल्बले २५ औँ मदन भण्डारी स्मृति दिवसको अबसर पारेर कर्बड हलको सिलान्यास समेत गरेको छ ।

कबर्ड हलको शिलान्यास बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदीले गरेका छन । शिलान्यास गर्दे सुबेदीले नेपालका ठुला नेताहरुको नाम राख्ने खालको अभियान नगरपालिकाले संचालन गरेको बताए । खेलकुदका क्षेत्रमा नगरपालिकाले लगानी गर्न कन्जुस्याँई नगर्ने समेत उनले प्रतिबद्धता जनाए । उनले नेपालको नाम खेलकुद क्षेत्र बाटै चिनिएकाले बेलबारीको नाम चिनाउने गरी खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन ।

२ बर्ष भित्रमा कवर्ड हल बनिसक्ने लक्ष्य रहेको क्लबका सल्लाहाकार थापाले बताए । खेलमैदानमा पितृहरुको सम्झनामा प्याराफिट निर्माण गरिने समेत थापाले बताए । आफना परिवारको सम्झनामा पाटीपौवा चौतारा निर्माण गर्नेहरुलाई प्याराफिट बनाउन आग्रह गरेका छौँ थापाले भने बनाई दिन्छौँ भनेर धेरै जना आइसक्नु भएको छ । कबर्ड हल बनेपछि भलिबल,ब्याडमिन्टन,टेवलटेनिस कराँते लगायतका प्रतियोगिता सञ्चालन हुने बिश्वास लिएको छ । उत्त कबर्ड हल निर्माणका लागी एम्ब्रियो क्लबले बिभिन्न गतिबिधि समेत सञ्चालन गर्ने जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया